२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

आज कुकुर तिहार र लक्ष्मीपूजा

आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन, बिहान कुकुर पूजा र बेलुका लक्ष्मीपूजा

आइतवार , कार्तिक २२, २०८३

 

नेपालसेज, काठमाडौं ।

सम्पादकीय सारांश

Verified

तिथि घटबढका कारण आज कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको छ।

बिहान कुकुर पूजा र बेलुका लक्ष्मीपूजा गरिँदैछ।

गाईपूजा कात्तिक २३ गते मनाइनेछ।

गोरु, गोवर्धन र म्हः पूजा कात्तिक २४ गते परेको छ।

भाइटीका कात्तिक २५ गते बिहान ११:०७ बजेको उत्तम साइतमा मनाइनेछ।

तिथि घटबढका कारण यस वर्ष कुकुर तिहार र लक्ष्मीपूजा आज एकैदिन परेको छ। हिन्दू धर्मावलम्बीहरूले बिहान कुकुरको पूजा गरी मीठा परिकार खुवाउने र साँझ घरघरमा दीप प्रज्वलन गर्दै धनधान्यकी देवी लक्ष्मीको पूजा गर्नेछन्। अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिका सदस्य आचार्य लक्ष्मण पन्थीका अनुसार आज बिहान कुकुर पूजा गरेपछि बेलुका लक्ष्मीपूजा गर्नुपर्नेछ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा परिकार खान दिए यमराजको द्वारपालका रूपमा रहने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वास छ। कुकुरलाई आज्ञापालक, इमानदार र सुरक्षाका दृष्टिले भरपर्दो जनावरका रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा रहिआएको छ।

आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन बिहानै विभिन्न तीर्थस्थल, नदी तथा तलाउमा गई स्नान गर्ने र बलेको बत्ती दक्षिणतर्फ फर्काएर बगाउने चलन छ। यसो गर्दा मृत्युपछि नरक जानु नपर्ने धार्मिक विश्वास रहेको छ।

यसैगरी, यमपञ्चकअन्तर्गत गाईपूजा कात्तिक २३ गते सोमबार परेको छ। गाईलाई लक्ष्मीको प्रतीकका रूपमा मानेर पूजा गर्ने परम्परा छ। कात्तिक २४ गते मंगलबार गोरुपूजा, हलितिहार, गोवर्धनपूजा, बलीपूजा र आत्म (म्हः) पूजा मनाइने अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले जनाएको छ।

यमपञ्चकको मुख्य पर्व भाइटीका भने कात्तिक २५ गते बुधबार परेको छ। पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ७ मिनेटलाई निर्धारण गरेको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै सप्तरङ्गी टीका लगाइदिने परम्परा छ।

यमपञ्चकका पाँचै दिन तिलको तेल लगाएर स्नान गर्ने प्रचलनसमेत रहेको छ। यस्तो स्नानले शरीर स्वस्थ रहने धार्मिक तथा आयुर्वेदिक मान्यता छ। यमपञ्चकको पहिलो दिन शनिबार कागको पूजा गरिएको थियो। कागलाई यमराजको सन्देशवाहकका रूपमा मानेर पूजा गर्ने परम्परा छ।

— नेपालसेज | प्रकाशित: २२ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images