२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

जीप दुर्घटनामा एकको मृत्यु

जुम्लामा बोलेरो जीप दुर्घटना, एक जनाको मृ*त्यु र छ जना घाइते

कनकासुन्दरी गाउँपालिका–१ स्थित चौथामा भएको दुर्घटनामा ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको छ। घाइते छ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

आइतवार , कार्तिक २२, २०८३

नेपालसेज/ जुम्ला।
मुगुबाट जुम्लातर्फ आउँदै गरेको बोलेरो जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। शनिबार साँझ जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ स्थित चौथामा क १ ज ००५४ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

सम्पादकीय सारांश

Verified

जुम्लाको कनकासुन्दरी गाउँपालिका–१ मा बोलेरो जीप दुर्घटना।

दुर्घटनामा एक जनाको घटनास्थलमै मृत्यु भएको छ।

छ जना घाइते, सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाइ।

जीपमा १६ जना यात्रु सवार थिए।

घाइतेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।

दुर्घटनामा रुकुम पूर्वको उत्तरगङ्गा गाउँपालिका–१ स्थायी घर भई हाल कनकासुन्दरी गाउँपालिकामा बस्दै आएका अन्दाजी ४२ वर्षीय सुरज पुन मगरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी दाहालले जानकारी दिएका छन्।

दुर्घटनामा घाइते भएका छ जनालाई कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ। उनीहरूको उपचार सुरु भएको र सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनाका बेला जीपमा १६ जना यात्रु सवार थिए। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक दाहालले बताएका छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images