२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

कोप–३१ मा खनाल

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्या पुगे

आइतवार , कार्तिक २२, २०८३

 

नेपालसेज, अन्ताल्या ।

सम्पादकीय सारांश

Verified

परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अन्ताल्या पुगेका छन्।

कोप–३१ नोभेम्बर ९ देखि २० सम्म टर्किएमा आयोजना हुँदैछ।

खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्नेछन्।

नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा सहभागी हुनेछन्।

हिमाली क्षेत्र, हिमनदी संरक्षण र जलवायु वित्तसम्बन्धी उच्चस्तरीय कार्यक्रममा नेपालको सहभागिता रहनेछ।

परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किएको अन्ताल्या पुगेका छन्। नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा नेपालले जलवायु परिवर्तनका असर, हिमाली क्षेत्रको जोखिम र जलवायु वित्तसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा समेत उनले सहभागिता जनाउनेछन्।

सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रेजिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि मन्त्री खनाल सहभागी हुनेछन्।

उक्त कार्यक्रम हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका चुनौती, हिमनदी तथा क्रायोस्फियरको संरक्षण, जलवायु उत्थानशीलता र दिगो वित्तीय व्यवस्थापनमा केन्द्रित हुनेछ। नेपालले यस मञ्चमार्फत हिमाली मुलुकहरूले भोगिरहेका साझा समस्या र जलवायु सङ्कटको सामना गर्न अन्तर्राष्ट्रिय सहयोगको आवश्यकताबारे आफ्नो धारणा राख्ने अवसर पाउनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। यसका अतिरिक्त विभिन्न देशका समकक्षी मन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वहरूसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

सम्मेलनमा नेपालको सहभागिताले जलवायु परिवर्तनबाट प्रभावित हिमाली क्षेत्रका मुद्दालाई अन्तर्राष्ट्रिय स्तरमा उठाउन तथा जलवायु वित्त र अनुकूलनका क्षेत्रमा सहकार्य विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

— नेपालसेज | प्रकाशित: २२ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images