२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

गाउँमा ७ स्टेचर सहयोग

विदेशमा रहेका युवाको पहलमा छेडागाडका गाउँमा ७ थान स्टेचर सहयोग

विदेशमा रोजगारीमा रहेका छेडागाड नगरपालिका–२ का १४ युवाले रकम संकलन गरी गाउँका विभिन्न स्थानमा स्टेचर उपलब्ध गराएका छन्।

बिहिवार , आश्विन ८, २०८३

नेपालसेज / छेडागाड —
रोजगारीको सिलसिलामा विदेशमा रहेका छेडागाड नगरपालिका–२ का युवाहरूले आफ्नो कमाइबाट रकम संकलन गरी गाउँका लागि ७ थान स्टेचर सहयोग गरेका छन्। स्थानीय युवा अभियन्ता तिलक खड्काको पहल तथा समन्वयमा सञ्चालन गरिएको अभियानमार्फत वडाका विभिन्न गाउँमा स्टेचर उपलब्ध गराइएको हो।

सम्पादकीय सारांश

Verified

छेडागाड–२ का १४ युवाले विदेशबाट रकम संकलन गरे।

जापान, मलेसिया, साउदी, भारत, दुबई र टर्कीबाट रकम जुटाइयो।

कुल ५७ हजार ३८५ रुपैयाँ संकलन भयो।

सात स्थानमा एक–एक थान स्टेचर वितरण गरियो।

स्टेचर खरिदपछि २७ हजार ३८५ रुपैयाँ बचत भएको छ।

अन्द्रकोट, दरपाखा, दुनी–मरपीड, डेढकुला, मजेरी, रिफ्का र तोलीमा एक–एक थान स्टेचर उपलब्ध गराइएको छ। गाउँमा बिरामी पर्दा स्वास्थ्य संस्थासम्म पुर्‍याउन कठिनाइ हुने अवस्थालाई मध्यनजर गर्दै युवाहरूले स्टेचर सहयोग अभियान सञ्चालन गरेका हुन्।

स्टेचर खरिदका लागि जापान, मलेसिया, साउदी, भारत, दुबई र टर्कीलगायतका देशमा रोजगारीमा रहेका १४ जना युवाबाट कुल ५७ हजार ३८५ रुपैयाँ संकलन भएको थियो। संकलित रकममध्ये ३० हजार रुपैयाँ स्टेचर खरिदमा खर्च भएको छ भने बाँकी २७ हजार ३८५ रुपैयाँ बचत रहेको जनाइएको छ।

अभियानमा लोकेन्द्र अधिकारीले ७ हजार ५००, बालाराम शर्माले ६ हजार ६००, काली ब. खड्का (कृष्ण)ले ६ हजार ५००, तिलक शर्माले ६ हजार, दिपेन्द्र बुढाले ५ हजार ५००, दरबहादुर खड्काले ५ हजार र पठे खड्काले ५ हजार रुपैयाँ सहयोग गरेका छन्।

त्यस्तै, महेश बुढाले ३ हजार, रामबहादुर खड्काले २ हजार ५००, नवीन कुमार बाँठाले २ हजार ५००, देवप्रसाद शर्माले २ हजार ५००, कर्णबहादुर बुढाले १ हजार ५३५, पदमबहादुर खड्काले १ हजार ५० र बिमल खड्काले २ हजार २०० रुपैयाँ सहयोग गरेका छन्।

परदेशमा रहेर पनि जन्मभूमिको आवश्यकता महसुस गर्दै गरिएको उक्त पहलले गाउँमा बिरामी तथा आपत्कालीन अवस्थाका व्यक्तिलाई स्वास्थ्य संस्थासम्म पुर्‍याउन सहज हुने अपेक्षा गरिएको छ। स्वास्थ्य चौकी साल्मा र वडा कार्यालयसँगको समन्वयमा कार्यपालिका सदस्य सम्झना बी.क.को रोहवरमा स्टेचर हस्तान्तरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
1
B
Bhabendra Batha
1 month ago
हिर्दय देखिनै हार्दिक धन्यवाद ज्ञापन गर्दछु सम्पूर्ण सहयोगी मनहरुमालेन्स काे सुविधाको व्यवस्था कठिनाई भइरहेको छदैछ तर पनि हाम्रो गाउँमा आधारभूत स्रोत साधनहरु नोई नरहेको अवस्थाले कतिपय बिरामीहरू आफैंमा तड्पिरहेका थियौँ 🥺, याे सानो हाेला तर जीवनमा नभइनहुने साधन हो, यसमा बिशेष स्थानीय तह, सरोकावालाहरूको ध्यान केन्द्रित नरहेको देखिन्छ, केहि छैन आज साना साना कुराहरूमा अवल बन्दै साथै सिक्दै जाम र आउँदो निर्वाचनमा सबै व्यक्तिले एक मात्र बुझ्नु पर्ने कुरा छ, अहीले सम्म जताततै हाम्रो समाजमा के कस्तो सेवासुविधा उपलब्ध छ भन्ने कुरामा ध्यान दिन जरुरी छ 🙏, हाम्रो , राम्रो ❌ अबल, नेतृत्यव ☑️☑️ ब्यक्ति रोजौं 🙏🙏 🙏
ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images