२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

जिप दुर्घटनामा दुईको मृ*त्यु

रुकुमपश्चिममा जिप दुर्घटना, दुई जनाको मृ*त्यु र १३ जना घाइते

आठबिसकोट नगरपालिका–५ मा जिप अनियन्त्रित भई सडकबाट खस्दा दुई जनाको घटनास्थलमै मृ*त्यु भएको छ। गम्भीर घाइते पाँच जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको छ

सोमवार , कार्तिक २३, २०८३

 

नेपालसेज, रुकुमपश्चिम ।

सम्पादकीय सारांश

Verified

रुकुमपश्चिमको आठबिसकोटमा जिप दुर्घटना हुँदा दुई जनाको मृ*त्यु।

मृ*त्यु हुनेमा १० वर्षीय बालक र २९ वर्षीय पुरुष।

दुर्घटनामा १३ जना घाइते, पाँच जनाको अवस्था गम्भीर।

गम्भीर घाइतेलाई सेनाको हेलिकप्टरबाट सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल पठाइयो।

जिप चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ।

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्। आठबिसकोट नगरपालिका–५ नयाँगाउँडाँडास्थित भित्री सडकखण्डमा सोमबार जिप अनियन्त्रित भई सडकबाट तल खसेको हो। दुर्घटनामा परी आठबिसकोट नगरपालिका–५ का १० वर्षीय हरिबहादुर थापा र २९ वर्षीय लक्ष्मीराम थापाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमन्त गिरीले जानकारी दिएका छन्। थापागाउँबाट नयाँगाउँडाँडातर्फ जाँदै गरेको भे १ ज ३११२ नम्बरको डबल क्याब जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। जिपमा सवार सबै व्यक्ति आठबिसकोट नगरपालिकाका स्थानीय रहेको बताइएको छ।

दुर्घटनामा घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते हुनेमा १९ वर्षीया जुनाकुमारी थापा, ३५ वर्षीय वीरबहादुर थापा, २३ वर्षीया सीता थापा, २३ वर्षीया जुनि थापा र आठ वर्षीय युवराज थापा रहेका छन्। उनीहरूलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उपचारका लागि सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल कालागाउँ पठाइएको प्रहरी निरीक्षक गिरीले बताएका छन्।

त्यस्तै, २५ वर्षीया हिरा थापा, आठ वर्षीय गौरव थापा र चार वर्षीया विरता थापाको अवस्था मध्यम रहेको छ। उनीहरूलाई उपचारका लागि आठबिसकोट नगर अस्पताल राडी पठाइएको प्रहरीले जनाएको छ।

दुर्घटनामा घाइते भएका अन्य पाँच जनाको अवस्था सामान्य रहेको छ। उनीहरूमा २३ वर्षीया सुशीला थापा ऐरी, २८ वर्षीया भावना थापा ऐरी, २० वर्षीया रमिता ऐरी, १९ वर्षीया निर्मला ऐरी र २७ वर्षीया खिममाया थापा रहेका छन्। उनीहरूको पनि नगर अस्पताल राडीमा उपचार भइरहेको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय आठबिसकोटबाट प्रहरी निरीक्षक विजय चापागाईँको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पठाएको जनाएको छ।

दुर्घटनामा परेको जिपका चालक २५ वर्षीय प्रदीप विक रहेको प्रहरीले जनाएको छ। दुर्घटना कसरी भयो भन्ने विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमले जनाएको छ।

— नेपालसेज | प्रकाशित: २३ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images