भारतीय विदेश सचिव विक्रम मिस्रीले रास्वपा सभापति रवि लामिछानेसँग शिष्टाचार भेट गरेका छन्।
दुईदिने औपचारिक नेपाल भ्रमणका क्रममा मिस्री बूढानीलकण्ठ पुगेका हुन्।
भेटमा नेपाल–भारतबीचको बहुआयामिक सम्बन्धबारे छलफल भएको छ।
दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने विषयमा कुराकानी भएको रास्वपाले जनाएको छ।
लामिछानेले विकास तथा आर्थिक कूटनीतिमा नेपालले जोड दिइरहेको बताएका छन्।
प्रतिक्रिया दिनुहोस