२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

पशुपति शर्मा अध्यक्षमा निर्विरोध

लोकदोहोरी गायक पशुपति शर्मा प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध निर्वाचित

महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको ९औँ केन्द्रीय महाधिवेशनमा अध्यक्षसहित केही पदमा निर्विरोध चयन, अन्य पदमा प्रतिस्पर्धा हुँदै।

शुक्रवार , आश्विन २३, २०८३

नेपालसेज/ महोत्तरी।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा निर्विरोध चयन भएका छन्। महोत्तरीको बर्दिबासमा बिहीबारदेखि जारी प्रतिष्ठानको ९औँ केन्द्रीय महाधिवेशनमा अध्यक्ष पदमा शर्माको मात्र उम्मेदवारी परेपछि उनी शुक्रबार निर्विरोध निर्वाचित भएका हुन्।

सम्पादकीय सारांश

Verified

लोकदोहोरी गायक पशुपति शर्मा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा निर्विरोध चयन भएका छन्।

महोत्तरीको बर्दिबासमा जारी प्रतिष्ठानको ९औँ केन्द्रीय महाधिवेशनबाट नयाँ नेतृत्व चयन भइरहेको छ।

वरिष्ठ उपाध्यक्षमा दीपक खड्का र प्रथम उपाध्यक्षमा सुवास केसी निर्विरोध निर्वाचित भएका छन्।

महासचिव पदका लागि शिव हमाल र शिरिष देवकोटाबीच प्रतिस्पर्धा हुँदैछ।

केन्द्रीय सदस्यसहित विभिन्न पदमा उम्मेदवारबीच चुनाव हुने भएको छ।

लामो समयदेखि नेपाली लोकसङ्गीतमा सक्रिय शर्माले मौलिक लोकभाका, व्यङ्ग्यात्मक प्रस्तुति र जनजीवनसँग जोडिएका गीतमार्फत छुट्टै पहिचान बनाएका छन्। प्रतिष्ठानका विभिन्न पदमा रहेर काम गरेका उनी यसअघि वरिष्ठ उपाध्यक्ष थिए।

प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा दीपक खड्का र प्रथम उपाध्यक्षमा सुवास केसी निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा जुना शिरिष पनि निर्विरोध भएकी छन्। द्वितीय उपाध्यक्षको साङ्गठनिकतर्फका उम्मेदवार पनि निर्विरोध निर्वाचित भएका छन्।

कुन–कुन पदमा हुँदैछ चुनाव?

निर्वाचन समितिका अनुसार द्वितीय उपाध्यक्ष (प्रशासनिक) पदका लागि राधिका हमाल पुन र रमेशराज भट्टराईबीच प्रतिस्पर्धा हुँदैछ। एक महिलासहित आठ जना उपाध्यक्षका लागि १४ जनाको उम्मेदवारी परेको छ।

महासचिव पदका लागि शिव हमाल र शिरिष देवकोटाको उम्मेदवारी परेको छ। दुई जना उपमहासचिवका लागि शङ्कर विरही गुरुङ, पीएन सापकोटा, ईश्वरीप्रसाद भुसाल र जीवन दाहाल प्रतिस्पर्धामा छन्। १२ जना सचिव पदका लागि १७ जनाको उम्मेदवारी परेको छ। सचिवमध्ये प्रशासनिकतर्फ उत्तम शर्मा, उपत्यकातर्फ सुजन लम्साल र विदेशतर्फ सूर्य खड्का निर्विरोध भएका छन्।

चार जना सहसचिवमध्ये साङ्गठनिकतर्फ कुमार राना निर्विरोध भएका छन्। बाँकी तीन पदका लागि पुरुषोत्तम भण्डारी, तिलक परियार, मनमाया वाइवा, सुशीला गौतम, रेशम निर्दोष र गोविन्द भट्टराईबीच प्रतिस्पर्धा हुनेछ। तीन जना सहकोषाध्यक्षका लागि सम्झना भण्डारी, कुमार पुन मगर, हरिकला लम्साल र जानुमाया तामाङ उम्मेदवार छन्।

केन्द्रीय सदस्यतर्फ पनि प्रतिस्पर्धा

३३ जना केन्द्रीय सदस्यका लागि विभिन्न समूहमा उम्मेदवारी परेको छ। खुलातर्फ १६ सदस्यका लागि २१ जना प्रतिस्पर्धामा छन् भने महिलातर्फ सात सदस्यका लागि आठ जनाको उम्मेदवारी परेको छ। प्रदेशतर्फ सात सदस्यका लागि १० जना प्रतिस्पर्धामा छन्। उपत्यकाबाट एक सदस्यका लागि अर्जुन थापाको उम्मेदवारी परेको छ। विदेशतर्फ दुई सदस्यका लागि गोविन्द ढकाल, विजय केसी, महेन्द्र न्यौपाने र ललित गिरी प्रतिस्पर्धामा छन्।

निर्वाचन हुने पदका लागि केही समयपछि मतदान सुरु हुने गायक राजकुमार लामिछानेले जानकारी दिएका छन्। महाधिवेशनबाट प्रतिष्ठानको नयाँ केन्द्रीय कार्यसमिति चयन हुनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images