नेपालसेज/ काठमाडौँ। वडा दसैँ नजिकिँदै गर्दा काठमाडौंका पुराना बजार असन र इन्द्रचोकमा चहलपहल बढेको छ। दसैँका लागि आवश्यक सामग्री, नयाँ लत्ताकपडा, जुत्ता–चप्पल तथा पूजाका सामग्री किनमेल गर्न आउने सर्वसाधारणको भीड बजारमा देखिएको छ।
सम्पादकीय सारांश
Verified
दसैँ नजिकिँदै गर्दा काठमाडौंको असन र इन्द्रचोकमा चहलपहल बढेको छ।
सर्वसाधारण दसैँका लागि आवश्यक सामग्री किनमेल गर्न बजार पुगिरहेका छन्।
लत्ताकपडा, जुत्ता–चप्पल र पूजाका सामग्री किन्ने ग्राहकको भीड देखिएको छ।
काठमाडौं उपत्यकासहित आसपासका विभिन्न स्थानबाट समेत मानिस किनमेलका लागि आउने गरेका छन्।
ग्राहकको चाप बढेसँगै असन र इन्द्रचोकका व्यापारी व्यस्त भएका छन्।
दसैँको समयमा असन र इन्द्रचोकमा किनमेल गर्नेको विशेष चाप हुने गर्छ। काठमाडौं उपत्यकासहित आसपासका विभिन्न स्थानबाट समेत सर्वसाधारण आवश्यक सामग्री खरिद गर्न यी बजारमा आउने गरेका छन्।
बजारका पसलमा दसैँका लागि आवश्यक सामग्री किन्ने ग्राहकको चाप बढेसँगै व्यापारी पनि व्यस्त भएका छन्। चाडपर्व नजिकिएसँगै किनमेल गर्ने तथा बजार घुम्न आउने मानिसको चहलपहलले असन र इन्द्रचोकमा दसैँको रौनक बढाएको छ।
प्रतिक्रिया दिनुहोस