२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

मौलिकता र आधुनिकतामा जोड

गगन थापाको जोड– मौलिकता जोगाउँदै आधुनिकतातर्फ अघि बढौँ

शनिवार , कार्तिक २१, २०८३

 

नेपालसेज, ललितपुर ।

सम्पादकीय सारांश

Verified

नेपाली मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाउनुपर्ने गगन थापाको धारणा।

सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षणमा जोड।

प्रेम, सद्भाव, विश्वास र भाइचारा भौतिक सम्पदाभन्दा महत्त्वपूर्ण रहेको भनाइ।

समाजमा घृणा र नकारात्मकता घटाएर सकारात्मक सोच बढाउनुपर्नेमा जोड।

प्रविधिसँगै प्रत्यक्ष भेटघाट र सामाजिक सम्बन्धलाई प्राथमिकता दिन आग्रह।

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै आधुनिकतालाई पनि आत्मसात् गरेर अघि बढ्नुपर्ने बताएका छन्। नेपाल संवत् ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले ललितपुरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विकासका क्रममा पुराना सम्पदाको संरक्षण र नयाँपनको अवलम्बनबीच सन्तुलन कायम गर्नुपर्ने बताएका हुन्।

ललितपुरका विभिन्न स्थानमा मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाइएको देख्दा आफूलाई खुसी लागेको उल्लेख गर्दै सभापति थापाले भौतिक सम्पदाभन्दा पनि समाजमा कायम प्रेम, सद्भाव, विश्वास र भाइचाराजस्ता अमूर्त सम्बन्ध बढी महत्त्वपूर्ण हुने बताए।

टोल सुधार समितिजस्ता स्थानीय संस्थाले सामाजिक सम्बन्ध र सामुदायिक एकता मजबुत बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो। नयाँपन भित्र्याउने नाममा कतिपय स्थानमा पुराना संरचना पूर्ण रूपमा भत्काउने र सम्पदा संरक्षण गर्ने क्रममा नयाँ विकासलाई स्थान नदिने प्रवृत्ति रहेको उल्लेख गर्दै उनले दुवै पक्षबीच सन्तुलन आवश्यक रहेको बताए।

नेपाली समाजले अब थप घृणा र नकारात्मकता थेग्न नसक्ने उल्लेख गर्दै थापाले समाजलाई अघि बढाउन नकारात्मकताभन्दा सकारात्मक सोच र ऊर्जाको मात्रा बढाउनुपर्ने धारणा राखे।

उनले नेपाली समाजलाई आफ्नो जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने आवश्यकता पनि औँल्याए। प्रविधि र डिजिटल संसारमा मात्र सीमित नभई मानिसबीच प्रत्यक्ष भेटघाट, आपसी संवाद र सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।

स्थानीयस्तरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम सामान्य देखिए पनि सामाजिक एकता र सम्बन्ध विस्तारका दृष्टिले महत्त्वपूर्ण हुने सभापति थापाले बताए। यस्ता कार्यक्रमले समुदायका सदस्यबीच आपसी सद्भाव, आत्मीयता र सहकार्यको भावना विकास गर्न सहयोग पुग्ने उनको धारणा थियो।

— नेपालसेज | प्रकाशित: २१ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images