२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

इभा गिरी द्रौपदीमा

‘पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा इभा गिरी

वसन्त निरौलाको निर्देशनमा बनेको फिल्म ‘पाँच पाण्डव’मा इभा गिरी द्रौपदीको भूमिकामा देखिने भएकी छन्।

बुधवार , आश्विन २१, २०८३

नेपालसेज/ काठमाडौँ
फिल्म ‘पाँच पाण्डव’मा अभिनेत्री इभा गिरी द्रौपदीको भूमिकामा देखिने भएकी छन्। निर्माण युनिटले सार्वजनिक गरेको फिल्मको पोस्टरमा इभालाई द्रौपदीको लुक्समा प्रस्तुत गरिएको छ।

सम्पादकीय सारांश

Verified

इभा गिरी ‘पाँच पाण्डव’मा द्रौपदीको भूमिकामा देखिने भएकी छन्।

निर्माण टिमले सार्वजनिक गरेको पोस्टरमा इभाको द्रौपदी लुक्स प्रस्तुत गरिएको छ।

फिल्मका निर्देशक वसन्त निरौला हुन्।

‘पाँच पाण्डव’ कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ।

फिल्मले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बमार्फत समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्नेछ।

पोस्टरमा इभा रातो भेषमा हल्का गहनासहित देखिएकी छन्। महाभारतकी द्रौपदीको झल्को दिने गरी रातो सोल्जर कट ब्लाउज र रातै सारीमा उनको लुक्स तयार गरिएको छ।

फिल्मका निर्देशक वसन्त निरौलाका अनुसार इभालाई द्रौपदीको चरित्रका लागि छनोट गरिएको हो। युवा पुस्तामाझ उनको लोकप्रियता रहेकाले फिल्मको चरित्रमा पनि दर्शकले रुचाउने विश्वास निर्माण टिमले लिएको निर्देशक निरौलाले बताएका छन्।

‘पाँच पाण्डव’ तिहारको छेको पारेर कात्तिक २० गते अर्थात् नोभेम्बर ६ देखि प्रदर्शनमा आउने तयारीमा छ। फिल्म अहिले पोस्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको छ। निर्देशक निरौलाका अनुसार दर्शकले फिल्ममा Dolby Atmos Sound को अनुभवसमेत पाउनेछन्।

काली रानी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी र सुशील सिटौला मुख्य ‘पाँच पाण्डव’को भूमिकामा छन्। दीपाश्री निरौला, सरिता गिरी, विनोद न्यौपाने, रमा थपलिया, प्रशान्त ताम्राकार, इभा गिरी, सीता न्यौपाने र रितेश पौडेललगायत कलाकारको पनि मुख्य भूमिका रहेको छ।

फिल्मका प्रस्तुतकर्ता नवीन श्रेष्ठ र निर्माता काली रानी श्रेष्ठ हुन्। कथा, पटकथा तथा संवाद सुशील पौडेलको रहेको ‘पाँच पाण्डव’ले महाभारतका पाँच पाण्डवका चरित्र र बिम्बलाई प्रयोग गर्दै समकालीन नेपाली समाजको कथा प्रस्तुत गर्ने निर्माण पक्षले जनाएको छ।

फिल्मलाई रोहित कट्टेल र रत्न श्रेष्ठको RR Films ले देशव्यापी वितरण गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images