२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

व्यक्तिभन्दा नीति प्राथमिकता

व्यक्तिभन्दा नीति देशभर पुग्नुपर्छः रास्वपा सभापति लामिछाने

बिहिवार , कार्तिक १९, २०८३

 

नेपालसेज/चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिभन्दा नीति र प्रणाली देशभर पुग्नुपर्ने बताएका छन्। उनले निर्वाचित जनप्रतिनिधिको व्यक्तिगत उपस्थितिभन्दा राज्यका नीति र प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन हुनु महत्वपूर्ण रहेको बताएका हुन्।

सम्पादकीय सारांश

Verified

रास्वपा सभापति रवि लामिछानेले व्यक्तिभन्दा नीति र प्रणालीलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

आफू चितवन ढिला आए पनि सरकार र पार्टीका नीतिगत काम भइरहेको उनको भनाइ छ।

लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुनेछन्।

जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीसँग संगठनात्मक छलफल गर्ने कार्यक्रम छ।

नारायणी नदी किनारको कटान क्षेत्रको अवलोकन गरी सम्बन्धित पक्षसँग छलफल गर्नेछन्।

भरतपुर विमानस्थलमा बिहीबार पत्रकारसँग कुराकानी गर्दै लामिछानेले आफू चितवन आउन ढिलाइ भए पनि यहाँ नीतिगत काम भइरहेको बताएका छन्। जिम्मेवारी धेरै रहेकाले आफू व्यक्तिगत रूपमा ढिला आए पनि सरकार र पार्टीका संरचनामार्फत नीतिगत काम देशभर अघि बढिरहेको उनको भनाइ छ।

“व्यक्तिभन्दा सिस्टम आउनुपर्छ भन्ने सोचका कारण व्यक्तिका रूपमा म ढिला आए पनि सरकारको रूपमा, पार्टीको रूपमा पार्टीको संरचना र सरकारका नीतिहरू देशभर पुगिरहेका छन्”, उनले भने, “हाम्रो उद्देश्य पनि त्यही हो। व्यक्ति आउनुभन्दा पनि नीति आउनुपर्‍यो। राज्यको नीति आउने क्रम जारी छ।”

चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका लामिछाने शुक्रबारसम्म चितवनका विभिन्न कार्यक्रममा सहभागी हुने कार्यक्रम छ।

रास्वपा चितवनका सभापति इन्जिनियर मिनिमाधव खनालका अनुसार चितवन आइपुगेपछि लामिछाने पार्टी कार्यालयमा जिल्ला, क्षेत्र र स्थानीय तहका पदाधिकारीसँग संगठनात्मक छलफलमा सहभागी हुनेछन्।

त्यस्तै, शुक्रबार बिहान उनले नारायणी नदी किनारको कटान प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम रहेको छ। सो क्रममा सम्बन्धित पक्षसँग कटान नियन्त्रण तथा क्षेत्रको अवस्थाबारे छलफल गर्नेछन्।

— नेपालसेज | प्रकाशित: २०८३ कात्तिक १९, बिहीबार

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images