२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

परराष्ट्रमन्त्री शिशिर खनाल असंलग्न आन्दोलनको उच्चस्तरीय स्मरणसभामा सहभागी हुने

सन् १९६१ मा बेलग्रेडमै भएको असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलनको ६५औँ वार्षिकोत्सवमा नेपालले उच्चस्तरीय सहभागिता जनाउने भएको छ।

सोमवार , भाद्र ८, २०८३

NepalSays/ काठमाडौं — परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा नेपालले असंलग्न आन्दोलन (NAM) को उच्चस्तरीय स्मरणसभामा सहभागिता जनाउने भएको छ। सर्बियाको राजधानी बेलग्रेडमा आगामी अगस्ट ३१ र सेप्टेम्बर १ अर्थात् भदौ १५ र १६ गते उक्त उच्चस्तरीय स्मरणसभा आयोजना हुँदैछ। सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन आयोजना भएको थियो। सोही ऐतिहासिक सम्मेलनको ६५औँ वार्षिकोत्सवका अवसरमा यस वर्ष स्मरणसभा आयोजना गर्न लागिएको हो।परराष्ट्रमन्त्री खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डललाई उक्त कार्यक्रममा सहभागी गराउने निर्णय मन्त्रिपरिषद्ले साउन २६ गते गरेको थियो। परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनाल भदौ १४ गते साँझ सर्बियातर्फ प्रस्थान गर्ने र भदौ १७ गते नेपाल फर्कने कार्यक्रम रहेको छ।

सम्पादकीय सारांश

Verified

परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डल बेलग्रेड जाने।

उच्चस्तरीय स्मरणसभा अगस्ट ३१ र सेप्टेम्बर १ मा आयोजना हुँदैछ।

सन् १९६१ मा बेलग्रेडमै असंलग्न आन्दोलनको पहिलो शिखर सम्मेलन भएको थियो।

मन्त्रिपरिषद्ले साउन २६ गते नेपाली प्रतिनिधिमण्डलको सहभागिता स्वीकृत गरेको हो।

नेपालले असंलग्नताको सिद्धान्तलाई आफ्नो परराष्ट्र नीतिको आधारस्तम्भका रूपमा स्वीकार गर्दै आएको छ।

उच्चस्तरीय स्मरणसभामा विश्वका विभिन्न मुलुकका नेता, सरकारी प्रतिनिधिमण्डल तथा असंलग्न आन्दोलनमा आबद्ध राष्ट्रका प्रतिनिधिहरूको सहभागिता रहनेछ। कार्यक्रममा असंलग्न आन्दोलनको वर्तमान अवस्था, यसको भविष्य तथा बदलिँदो विश्व परिस्थितिमा आन्दोलनको भूमिकालगायतका विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

नेपालले लामो समयदेखि असंलग्नताको सिद्धान्तलाई आफ्नो परराष्ट्र नीति सञ्चालनको महत्वपूर्ण आधारस्तम्भका रूपमा अंगीकार गर्दै आएको छ। नेपालको संविधानले समेत असंलग्नताको सिद्धान्तलाई राज्यको परराष्ट्र नीतिसँग जोडेर प्रमुख नीतिका रूपमा स्वीकार गरेको छ।नेपालले असंलग्न आन्दोलनको वाङडुङ सम्मेलनदेखि विभिन्न शिखर सम्मेलन, मन्त्रीस्तरीय बैठक तथा अन्य बैठकहरूमा निरन्तर उच्चस्तरीय सहभागिता जनाउँदै आएको छ। आन्दोलनमा नेपालले आफ्नो स्वतन्त्र परराष्ट्र नीति, सार्वभौमिक समानता, शान्तिपूर्ण सहअस्तित्व र राष्ट्रहरूको पारस्परिक सम्मानको पक्षमा आवाज उठाउँदै आएको छ।

बेलग्रेडमा हुने यस वर्षको स्मरणसभा नेपालका लागि असंलग्न आन्दोलनप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता पुनः प्रस्तुत गर्ने महत्वपूर्ण अन्तर्राष्ट्रिय मञ्चका रूपमा रहनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images