२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

पौडेल–पेज भेटवार्ता

राष्ट्रपति पौडेलसँग स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पेजको भेट

जलवायु परिवर्तन, हिमाली वातावरण संरक्षण र पूर्वसूचना प्रणालीमा सहकार्य गर्ने विषयमा छलफल।

सोमवार , कार्तिक १६, २०८३

 

 

नेपालसेज/ काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तन तथा हिमाली क्षेत्रका वातावरणीय समस्या समाधानका लागि स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक रहेको बताएका छन्। नेपाल भ्रमणमा रहेको स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजको प्रतिनिधिमण्डलसँग सोमबार राष्ट्रपति भवन शीतल निवासमा भएको शिष्टाचार भेटमा राष्ट्रपति पौडेलले यस्तो बताएका हुन्।

सम्पादकीय सारांश

Verified

राष्ट्रपति रामचन्द्र पौडेल र स्विस राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजबीच भेटवार्ता।

जलवायु परिवर्तनका असर न्यूनीकरणमा सहकार्य गर्न नेपालको इच्छा।

नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्डको सहयोगको प्रशंसा।

लोकतन्त्र, सङ्घीयता र स्थानीय शासनमा स्विस सहयोगको चर्चा।

हिमाली क्षेत्रमा पूर्वसूचना प्रणाली विकास गर्न स्विट्जरल्यान्डको जोड

भेटका क्रममा राष्ट्रपति पौडेलले जलवायु परिवर्तनबाट सिर्जित असर न्यूनीकरण तथा त्यसबाट उत्पन्न चुनौती समाधानका लागि नेपाल अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउन तयार रहेको उल्लेख गरे।

उनले नेपालको शान्ति प्रक्रियामा स्विट्जरल्यान्ड सरकारले निरन्तर पुर्‍याएको सहयोग महत्त्वपूर्ण रहेको बताए। नेपालको लोकतन्त्र, सङ्घीयता, स्थानीय शासन तथा सामाजिक–आर्थिक विकासलाई सुदृढ बनाउन स्विट्जरल्यान्डले लामो समयदेखि गर्दै आएको सहयोगको पनि उनले प्रशंसा गरे।

राष्ट्रपति पौडेलले स्विट्जरल्यान्डका सुदृढ लोकतान्त्रिक मूल्य र मान्यताबाट आफू निरन्तर प्रभावित रहेको उल्लेख गरे। दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउन आपसी सहयोग र सहकार्य महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

भेटमा स्विट्जरल्यान्डको राष्ट्रिय परिषद्का अध्यक्ष पियरे आन्द्रे पेजले हिमाली क्षेत्रमा भइरहेको वातावरणीय परिवर्तनप्रति चिन्ता व्यक्त गर्दै हिमालहरू परिवर्तन हुँदै गएको बताए। उनले यस्तो अवस्थामा सम्भावित जोखिम न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली अत्यन्त महत्त्वपूर्ण रहेकोमा जोड दिए।

स्विट्जरल्यान्डले पूर्वसूचना प्रणालीको क्षेत्रमा काम गरिरहेको उल्लेख गर्दै अध्यक्ष पेजले यस विषयमा नेपालसँग सहकार्य गरेर अघि बढ्न आफ्नो देश तयार रहेको बताए।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले भेटका क्रममा भएका कुराकानीबारे जानकारी दिएका हुन्।

— नेपालसेज | प्रकाशित: १६ कात्तिक २०८३

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images