२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

वामपन्थी नेताकी आश्रयदाता

पञ्चायतीकालमा वामपन्थी नेतालाई आश्रय दिने रनधता पोखरेलको निधन

पञ्चायती व्यवस्थाको भूमिगत राजनीतिका क्रममा केपी शर्मा ओली, ईश्वर पोखरेलसहितका वामपन्थी नेतालाई दोलखामा आश्रय दिएकी पोखरेलको ९१ वर्षको उमेरमा निधन भएको हो।

शुक्रवार , कार्तिक २०, २०८३

नेपालसेज/ काठमाडौं।
निर्दलीय पञ्चायती व्यवस्थाको समयमा भूमिगत राजनीतिमा सक्रिय वामपन्थी नेताहरूलाई दोलखामा आश्रय दिएकी रनधता पोखरेलको ९१ वर्षको उमेरमा निधन भएको छ। उनको निधनप्रति नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित विभिन्न राजनीतिक दलका नेता तथा विशिष्ट व्यक्तिहरूले श्रद्धाञ्जली अर्पण गरेका छन्। भक्तपुरको लोकन्थलीस्थित निवासमा बिहीबार साँझ उनको निधन भएको हो।

सम्पादकीय सारांश

Verified

९१ वर्षीया रनधता पोखरेलको भक्तपुरको लोकन्थलीमा निधन भएको छ।

उनले पञ्चायतीकालमा दोलखामा वामपन्थी नेताहरूलाई आश्रय दिएकी थिइन्।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पशुपति आर्यघाटमा पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका छन्।

कानुनमन्त्री सोविता गौतम, बागमतीका मुख्यमन्त्री किरण थापालगायतले श्रद्धाञ्जली दिएका छन्।

उनी पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमा हुन्।

एमाले अध्यक्ष ओलीले पशुपति आर्यघाटमा पुगेर दिवङ्गत पोखरेलको पार्थिव शरीरमा पार्टीको झण्डा ओढाउँदै श्रद्धाञ्जली अर्पण गरेका छन्। पञ्चायती व्यवस्थाको समयमा भूमिगत राजनीतिक जीवन बिताइरहेका नेताहरूलाई आश्रय दिएर लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएको भन्दै उनको सम्मान गरिएको हो। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा, पूर्वसभामुख देवराज घिमिरेलगायतले पनि आर्यघाट पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन्। उनीहरूले मुलुकमा लोकतन्त्र स्थापनाका लागि पोखरेलले पुर्‍याएको योगदानको सम्मान गरेका छन्।

पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलकी आमासमेत रहेकी दिवङ्गत पोखरेलप्रति श्रद्धाञ्जली व्यक्त गर्न एमाले सचिव भानुभक्त ढकाल, पूर्वमन्त्री पार्वत गुरुङ, सङ्घीय सांसद, प्रदेशसभा सदस्य तथा बागमती प्रदेशका पूर्वमन्त्री रचना खड्कालगायत नेता आर्यघाट पुगेका थिए।

पञ्चायतीकालमा भूमिगत राजनीतिक गतिविधिमा संलग्न रहेका एमाले अध्यक्ष ओली, पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल तथा नेताहरू अमृत बोहरा, केशव बडाल र माधव पौडेललगायतलाई उनले दोलखामा आश्रय दिएकी थिइन्। जोखिमपूर्ण राजनीतिक परिस्थितिमा नेताहरूलाई सुरक्षित आश्रय दिएको उनको योगदानलाई अहिले स्मरण गरिएको छ।

दिवङ्गत पोखरेलको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। उनका दुई छोरा र दुई छोरी छन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images