२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

कराते छनोटमा मकवानपुर

प्रदेशस्तरीय कराते छनोटमा मकवानपुरका खेलाडीको वर्चस्व, १४ मध्ये ६ छनोट

हेटौँडामा सम्पन्न छनोट प्रतियोगितामा बागमतीका १३ जिल्लाका ७५ खेलाडी सहभागी, विभिन्न तौल समूह र काताबाट १४ जना छनोट

बिहिवार , कार्तिक १९, २०८३

 

नेपालसेज/ मकवानपुर — दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरूप हेटौँडामा आयोजित बागमती प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराते छनोट प्रतियोगितामा मकवानपुरका खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका छन्। प्रतियोगिताबाट छनोट भएका १४ खेलाडीमध्ये मकवानपुरका ६ जनाले विभिन्न तौल समूह तथा कातामा स्थान सुरक्षित गरेका छन्। बागमती प्रदेशका १३ जिल्लाका ७५ खेलाडी सहभागी प्रतियोगितामा महिला र पुरुषतर्फ विभिन्न तौल समूह तथा काताका खेलाडी छनोट गरिएको बागमती प्रदेश खेलकुद परिषद्का सदस्य गोविन्दलाल श्रेष्ठले जानकारी दिएका छन्।

सम्पादकीय सारांश

Verified

दसौँ राष्ट्रिय खेलकुदको तयारीस्वरूप हेटौँडामा प्रदेशस्तरीय फुलकन्ट्याक्ट कराते छनोट सम्पन्न भएको छ।

प्रतियोगितामा बागमती प्रदेशका १३ जिल्लाका ७५ खेलाडी सहभागी भएका थिए।

छनोट भएका १४ खेलाडीमध्ये मकवानपुरका ६ जना छन्।

महिला र पुरुषतर्फ विभिन्न तौल समूह तथा काताबाट खेलाडी छनोट भएका छन्।

छनोट भएका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख प्रशिक्षक कुमार श्रेष्ठले पदक तथा प्रमाणपत्र वितरण गरेका छन्।

महिलातर्फ ४५ केजी तौल समूहमा ललितपुरकी साहारा वाइबा, ५० केजीमा काठमाडौंकी उपासना श्रेष्ठ, ५५ केजीमा सिन्धुलीकी कविता मोक्तान र ६० केजीमा मकवानपुरकी रेश्मा थापा छनोट भएका छन्।

त्यस्तै, खुला तौल समूहमा मकवानपुरका सेर्साङ स्याङ्तान तथा महिला कातामा मकवानपुरकै रसु श्रेष्ठ छनोट भएका छन्।

पुरुषतर्फ ४५ केजी तौल समूहमा मकवानपुरका रिदम थापा, ५० केजीमा रामेछापका सुजन विक, ५५ केजीमा काभ्रेका सुसान तामाङ, ६० केजीमा मकवानपुरका सन्तोषकुमार लामा, ६५ केजीमा काठमाडौंका अनुग्रह देवकोटा र ७० केजीमा मकवानपुरका आर्यन सिन्चुरी छनोट भएका छन्।

यसैगरी, पुरुष खुला तौल समूहमा ललितपुरका साहिल श्रेष्ठ र पुरुष कातामा रामेछापका विवेक बर्देवा छनोट भएका छन्।

प्रतियोगिताबाट छनोट भएका खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का प्रमुख प्रशिक्षक कुमार श्रेष्ठले पदक तथा प्रमाणपत्र वितरण गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images