२०८३, कार्तिक २३ गते

सोमवार, कार्तिक २३ गते २०८३

राहतदेखि पुनर्निर्माणसम्म एनआरएनएसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता

एनआरएनएले बाढी तथा डुबान प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ।

सोमवार , भाद्र १५, २०८३

NepalSays/ काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बाढी तथा डुबानबाट प्रभावित नागरिकको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको छ। सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रममा एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष डा. हेमराज शर्मासहितको प्रतिनिधिमण्डलले परराष्ट्रमन्त्री शिशिर खनाललाई उक्त रकम हस्तान्तरण गरेको हो। एनआरएनएका पदाधिकारी, अभियन्ता तथा विभिन्न राष्ट्रिय समन्वय परिषद् (एनसीसी) बाट संकलित रकममध्ये पहिलो चरणमा १ करोड रुपैयाँ कोषमा हस्तान्तरण गरिएको संघले जनाएको छ। संघले यसअघि विपद्बाट प्रभावित नागरिकलाई राहत तथा मानवीय सहयोगका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो। एनआरएनएले पहिलो चरणको १ करोड रुपैयाँ कोषको खातामा जम्मा गरिसकेको जनाएको छ। रकम हस्तान्तरण कार्यक्रममा परराष्ट्रमन्त्री शिशिर खनालले विपद्को कठिन घडीमा एनआरएनएले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरे। उनले विदेशमा रहेका नेपाली समुदायलाई एकीकृत गरी विपद् व्यवस्थापन तथा पुनर्निर्माणमा परिचालन गर्ने एनआरएनएको पहल स्वागतयोग्य रहेको बताए।

सम्पादकीय सारांश

Verified

एनआरएनएले विपद् राहत तथा उद्धारका लागि १ करोड रुपैयाँ हस्तान्तरण गर्‍यो।

संघले यसअघि विपद् प्रभावितका लागि ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो।

परराष्ट्रमन्त्री शिशिर खनालले एनआरएनएको सहयोगप्रति धन्यवाद व्यक्त गरे।

राहतसँगै पुनर्स्थापना र पुनर्निर्माणमा एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता।

रसुवा र नुवाकोटमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको मन्त्री खनालको भनाइ।

मन्त्री खनालले राहत वितरणसँगै पुनर्स्थापना र पुनर्निर्माणका सबै चरणमा एनआरएनए तथा अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरे। उनले यसका लागि परराष्ट्र मन्त्रालयले एनआरएनएसँग निरन्तर समन्वय, सहकार्य र सहजीकरण गर्ने बताए।

हालको विपद् सामान्य बाढीभन्दा फरक र अत्यन्त ठूलो प्रकृतिको रहेको उल्लेख गर्दै मन्त्री खनालले रसुवा र नुवाकोटका धेरै बस्तीमा ठूलो जनधन तथा भौतिक पूर्वाधारको क्षति भएको बताए। यति ठूलो विपद्को पुनर्स्थापना तथा पुनर्निर्माण नेपाल सरकारले मात्र गर्न नसक्ने भएकाले सबै पक्षको सहकार्य आवश्यक रहेको उनको भनाइ छ।

मन्त्री खनालले एनआरएनएले स्थानीय सरकार तथा सम्बन्धित निकायसँग समन्वय गरेर राहत वितरण गर्न सक्ने बताए। साथै, राहत वितरणअघि र पछि आवश्यक विवरण सरकारलाई उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए, ताकि सहयोगको प्रभावकारी व्यवस्थापन र अनुगमन गर्न सकियोस्। एनआरएनएले विपद् प्रभावित नागरिकका लागि घोषणा गरेको ५ करोड रुपैयाँ सहयोगअन्तर्गत पहिलो चरणमा १ करोड रुपैयाँ हस्तान्तरण गरेको हो। आगामी चरणमा समेत राहत, मानवीय सहयोग तथा आवश्यकताअनुसार पुनर्स्थापना र पुनर्निर्माणका काममा सहयोग गर्ने संघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images