आगामी वर्ष हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपालले चीन, हङकङ र थाइल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।
नेपालसेज/ काठमाडौं।
चीनमा आयोजना हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ मा सहभागी हुन जाने नेपाली महिला क्रिकेट टोलीको बिदाइ गरिएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) ले आइतबार काठमाडौंमा कार्यक्रम आयोजना गरी टोलीलाई बिदाइ गरेको हो।
चीनमा हुने ‘बेल्ट एन्ड रोड यु–१९ सिरिज’ खेल्न नेपाली महिला टोलीको बिदाइ।
आगामी वर्षको आइसिसी यु–१९ महिला विश्वकपलाई लक्षित गरी प्रतियोगितामा सहभागिता।
प्रतियोगिता कात्तिक १७ देखि २२ गतेसम्म सञ्चालन हुने।
नेपालसहित चीन, हङकङ र थाइल्यान्डको सहभागिता रहने।
नेपालले प्रतियोगितामा तीनवटै टोलीसँग प्रतिस्पर्धा गर्ने।
बिदाइ कार्यक्रममा क्यानका उपाध्यक्ष रोशन सिंहले आगामी वर्ष आयोजना हुने आइसिसी यु–१९ महिला विश्वकपको तयारीस्वरूप नेपाली टोलीले चीनमा सिरिज खेल्न लागेको जानकारी दिनुभयो। खेलाडीले पर्याप्त अभ्यासको अवसर पाएकाले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास व्यक्त गर्दै उहाँले खेलाडीलाई परिपक्व खेल प्रदर्शन गर्न सुझाव दिनुभयो।
टोलीका मुख्य प्रशिक्षक महेशप्रसाद रिजालले चीन भ्रमण खेलाडीका कमजोरी सुधार्ने र अन्तर्राष्ट्रिय अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो। उक्त सिरिजले टोलीको समग्र क्षमता मूल्याङ्कन गर्दै आगामी प्रतियोगिताका लागि बलियो टोली निर्माण गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो।
टोलीकी कप्तान सोनी पाख्रिनले प्रतियोगिताका लागि आफूहरू पूर्ण तयारी अवस्थामा रहेकाले राम्रो प्रदर्शन गर्ने विश्वास व्यक्त गर्नुभयो।
क्यानका अनुसार ‘बेल्ट एन्ड रोड सिरिज’ कात्तिक १७ गतेदेखि २२ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालसहित आयोजक
प्रतिक्रिया दिनुहोस