नेपालसेज / काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत चितवन राइनोजले सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य प्रस्तुत गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो।
चितवनका लागि मध्यक्रमका ब्याटर रवि बोपाराले सर्वाधिक ४९ रनको योगदान दिए। उनले ४० बलको सामना गर्दै तीन चौका र दुई छक्का प्रहार गरे। उनी अर्धशतक बनाउन एक रनले चुके।
सम्पादकीय सारांश
Verified
चितवन राइनोजद्वारा सुदूरपश्चिम रोयल्ससामु १३० रनको लक्ष्य।
चितवनले २० ओभरमा ६ विकेट गुमाएर १२९ रन बनायो।
रवि बोपाराको सर्वाधिक ४९ रन।
स्कट कुग्लाइनले सुदूरपश्चिमका लागि दुई विकेट लिए।
सुदूरपश्चिमले तीन खेलमध्ये दुईमा हार बेहोरेको छ।
त्यस्तै, डेविड मलानले १६ रन बनाए भने कप्तान सिकन्दर राजा र अर्जुन साउदले समान १५ रन जोडे। विवेककुमार यादवले पनि १७ रनको योगदान दिए।
सुदूरपश्चिमका लागि बलिङतर्फ स्कट कुग्लाइनले सर्वाधिक दुई विकेट लिए। कप्तान दीपेन्द्रसिंह ऐरी र अनिल खरेलले समान एक–एक विकेट हात पारे।
प्रतियोगितामा चितवनले अहिलेसम्म दुई खेल खेलेको छ। तीमध्ये एक खेलमा जित निकालेको चितवनले अर्को खेलमा अङ्क बाँडेको छ। यता सुदूरपश्चिमले तीन खेलमध्ये दुईमा हार र एकमा जित निकालेको छ।
सोमबार नै सम्पन्न पहिलो खेलमा काठमाण्डु गोर्खाजले कर्णाली याक्सलाई चार विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस