२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

सिन्धुली सुमो दुर्घटना : तीन महिलाको मृत्यु, तीन बेपत्ता

सिन्धुलीमा यात्रुवाहक टाटा सुमो सुनकोशीमा खस्यो, तीन महिलाको मृत्यु, तीन बेपत्ता

काठमाडौंबाट खोटाङ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो फिक्कल गाउँपालिका–६ स्थित नागथानमा सुनकोशी नदीमा खस्दा दुर्घटना भएको हो।

आइतवार , कार्तिक १, २०८३

नेपालसेज/ सिन्धुली
सिन्धुलीको फिक्कल गाउँपालिकामा यात्रुवाहक टाटा सुमो दुर्घटना हुँदा तीन जना महिलाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्। काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको को १ ज २९७६ नम्बरको सुमो आइतबार बिहान करिब २ः३० बजे फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल सुनकोशी नदीमा खसेको हो। प्रहरीका अनुसार दुर्घटनास्थलबाट तीन जना महिलाको शव फेला परेको छ। मृतकहरूको पहिचान खुल्न बाँकी रहेको छ। दुर्घटनामा घाइते भएका चालकसहित चार जनाको उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टर प्रालिमा उपचारका लागि पठाइएको छ।

सम्पादकीय सारांश

Verified

सिन्धुलीमा टाटा सुमो सुनकोशी नदीमा खस्दा तीन महिलाको मृत्यु।

दुर्घटनामा तीन जना बेपत्ता रहेको आशंका।

चालकसहित चार जना घाइते, उपचार जारी।

सुमो मध्यपहाडी लोकमार्गबाट करिब २०० मिटर तल खसेको।

प्रहरीद्वारा बेपत्ताको खोजी तथा दुर्घटनाबारे अनुसन्धान जारी।

घाइते हुनेमा ओखलढुंगा निवासी करिब २९ वर्षीय चालक आशिष विष्ट, खोटाङको दिक्तेल नगरपालिका–३ की ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी राई र दिक्तेल नगरपालिका–१ का १३ वर्षीय अंकित विक रहेका छन्। प्रहरीका अनुसार चालक विष्ट बेहोस अवस्थामा छन् भने सम्झना राईको अवस्था गम्भीर रहेको छ। सिवानी र अंकितको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। उनीहरू दुवै बोल्न सक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। चालकबाट प्राप्त प्रारम्भिक जानकारीअनुसार सुमोमा सवार थप तीन जना यात्रु बेपत्ता रहेको आशंका गरिएको छ। बेपत्ताको खोजी जारी रहेकाले दुर्घटनाका बेला सवारीमा कुल कति जना यात्रु थिए भन्ने यकिन हुन बाँकी छ।

दुर्घटनाको सूचना पाएलगत्तै प्रहरी चौकी रत्नावती र खाङसाङबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। थप खोज तथा उद्धारका लागि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी निरीक्षकको कमान्डमा थप टोली परिचालन गरिएको छ। दुर्घटनास्थल इलाका प्रहरी कार्यालय खुर्कोटबाट करिब ६० किलोमिटर पूर्वमा पर्दछ। सुनकोशी नदीमा खसेको सुमोमा सवार बेपत्ताहरूको खोजी, मृतकहरूको पहिचान तथा दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images