२०८३, कार्तिक २२ गते

आइतवार, कार्तिक २२ गते २०८३

कोप–३१ मा नेपालको सहभागिता

परराष्ट्रमन्त्री खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप–३१ मा सहभागी हुन टर्किए प्रस्थान

शनिवार , कार्तिक २१, २०८३

 

नेपालसेज, काठमाडौं ।

सम्पादकीय सारांश

Verified

परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्किए प्रस्थान।

कोप–३१ नोभेम्बर ९ देखि २० सम्म अन्ताल्यामा आयोजना हुँदैछ।

मन्त्री खनालले नोभेम्बर ९ मा उद्घाटन सत्रलाई सम्बोधन गर्ने।

नोभेम्बर ११ र १२ मा हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउने।

जलवायु परिवर्तन र हिमाली क्षेत्रको मुद्दामा नेपालसहित पाँच देशले उच्चस्तरीय कार्यक्रम आयोजना गर्ने।

परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको ३१औँ सम्मेलन (कोप–३१) मा सहभागी हुन टर्किए प्रस्थान गरेका छन्। टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि २० सम्म आयोजना हुने सम्मेलनमा नेपालले जलवायु परिवर्तनका असर, हिमाली क्षेत्रको जोखिम तथा जलवायु वित्तसम्बन्धी मुद्दालाई प्राथमिकताका साथ उठाउने तयारी गरेको छ।

सम्मेलनको उद्घाटन सत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, उनले नोभेम्बर ११ र १२ मा आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा पनि सहभागिता जनाउनेछन्।

सम्मेलनका क्रममा नेपाल, ताजिकिस्तान, किर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने उच्चस्तरीय कार्यक्रममा पनि मन्त्री खनाल सहभागी हुनेछन्। ‘एड्भान्सिङ द माउन्टेन एजेन्डाः ग्लेसियर, क्रायोस्फियर एन्ड रेजिलियन्स अन्डर ओभरसुट, सेयर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ शीर्षकको उक्त कार्यक्रम हिमाली क्षेत्रका चुनौती, हिमनदी तथा क्रायोस्फियर संरक्षण र जलवायु उत्थानशीलतासँग सम्बन्धित विषयमा केन्द्रित हुनेछ।

नेपालले यस कार्यक्रममार्फत हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएका असर, हिमनदी पग्लिने क्रम र त्यसबाट उत्पन्न जोखिमलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर पाउनेछ। साथै, जलवायु सङ्कटको सामना गर्न साझा जिम्मेवारी र दिगो वित्तीय सहयोगको आवश्यकता पनि छलफलमा समेटिनेछ।

परराष्ट्र मन्त्रालयका अनुसार मन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय बैठक तथा साइड इभेन्टमा सहभागिता जनाउनेछन्। त्यस क्रममा विभिन्न देशका समकक्षी मन्त्री तथा अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।

नेपाली प्रतिनिधिमण्डलमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी, राष्ट्रिय योजना आयोगका सदस्य प्राडा. सञ्जय आचार्य र कृषि मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रसहित नौ जना सरकारी अधिकारी सहभागी हुनेछन्।

सम्मेलनमा सहभागिता पूरा गरी परराष्ट्रमन्त्री खनाल नोभेम्बर १४ मा स्वदेश फर्कने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ।

— नेपालसेज | प्रकाशित: २१ कात्तिक २०८३

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
images
images
सम्बन्धित समाचार
images
images