नेपाल बार एसोसिएसनले न्यायक्षेत्रका समसामयिक सवाल अध्ययन गर्न समिति गठन गरेको छ।
समितिको संयोजकमा पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठ रहनुभएको छ।
समितिमा कानुन व्यवसायी क्षेत्रका पाँच सदस्य र एक सदस्य सचिव रहेका छन्।
न्यायालयबारे उठेका टिप्पणीका तथ्य सङ्कलन गरिनेछ।
समितिले एक महिनाभित्र सुझावसहितको प्रतिवेदन तयार गर्नेछ।
प्रतिक्रिया दिनुहोस