कांग्रेस सभापति गगनकुमार थापा मंगलबार साँझ ओली निवास गुण्डु पुग्नुभयो।
दुई नेताबीच करिब एक घण्टा भेटवार्ता भएको छ।
सभापति बनेपछि थापाको ओलीसँग यो पहिलो भेट भएको हो।
भेटमा समसामयिक राजनीतिक घटनाक्रम र मधेश सरकारबारे छलफल भएको स्रोतको दाबी।
पछिल्लो समय सरकार र विपक्षी दलहरूबीच राजनीतिक दूरी बढिरहेका बेला भेटलाई चासोका साथ हेरिएको छ।
प्रतिक्रिया दिनुहोस