यमनको ताइज प्रान्तस्थित तरकारी बजारमा भएको आक्रमणमा २० जनाको मृत्यु भएको हुथी समूहको दाबी छ।
घटनामा अन्य १० जना घाइते भएको हुथी स्वास्थ्य मन्त्रालयले जनाएको छ।
हुथी विद्रोहीले आक्रमणमा साउदी नेतृत्वको गठबन्धनका विमान संलग्न रहेको आरोप लगाएका छन्।
स्थानीय अधिकारीहरूले भने घटनाको जिम्मेवारी हुथी समूहलाई दिएका छन्।
आक्रमण भएको स्थानमा कुनै हवाई कारबाही नभएको स्थानीय अधिकारीहरूको भनाइ छ।
प्रतिक्रिया दिनुहोस