काठमाडौं । गृह मन्त्रालयले कार्यविधिविपरीत घरेलु तथा व्यक्तिगत काममा खटाइएका व्यक्तिगत सुरक्षाकर्मी (पीएसओ) लाई सात दिनभित्र फिर्ता बोलाउन निर्देशन दिएको छ ।मन्त्रालयले ‘अति विशिष्ट तथा विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि, २०८१’ विपरीत सुरक्षाबाहेकका अन्य काममा खटाइएका सुरक्षाकर्मीलाई उनीहरूको मूल कार्यालयमा फिर्ता पठाउन सार्वजनिक सूचना जारी गरेको हो ।
सम्पादकीय सारांश
Verified
मन्त्रालयले २०८३ असोज २२ गते जारी गरेको सूचनामा कार्यविधिको प्रावधानविपरीत सुरक्षाकर्मीलाई घरेलु तथा व्यक्तिगत काममा लगाइएको पाइएमा सम्बन्धित अधिकारी वा पदाधिकारीमाथि कारबाही गरिने चेतावनी दिएको छ ।
त्यसैगरी, कार्यविधिविपरीत सुरक्षाकर्मीलाई व्यक्तिगत तथा घरेलु काममा प्रयोग गरिएको देखेमा जानकारी दिन मन्त्रालयले आग्रह गरेको छ । यसका लागि गृह मन्त्रालयको कल सेन्टरको मोबाइल नम्बर ९८५१३६०६०३ मा सम्पर्क गरी सूचना वा उजुरी दिन सकिनेछ ।
मन्त्रालयले सूचना दिने व्यक्तिको गोपनीयता कायम राखिने जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता तथा सहसचिव आनन्द काफ्लेद्वारा जारी सूचनामा कार्यविधिको पूर्ण पालना गर्न सम्बन्धित सबैलाई आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस