काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी दिएका उम्मेदवारहरूको प्रथम नामावली सार्वजनिक भएको छ। निर्वाचन समितिका अनुसार सहमहामन्त्रीका १० पदका लागि ४९ जना उम्मेदवार मैदानमा छन्।
निर्वाचन समितिका अनुसार सहमहामन्त्रीका १० पदका लागि ४९ जना उम्मेदवार मैदानमा छन्।
खुला सहमहामन्त्रीका दुई पदका लागि अजयबाबु शिवाकोटी, अमृतकुमार अर्याल, देवेन्द्रराज कण्डेल, दिनेश कोइराला, डिल्लीराम सुवेदी, विकास कोइराला, विमलराज क्षेत्री, रमेशप्रसाद धमला, रामहरि खतिवडा र राजीव ढुंगाना उम्मेदवार छन्। महिला सहमहामन्त्रीमा नानुमैया बास्तोला र प्रतिमा गौतमबीच प्रतिस्पर्धा हुँदैछ।
आदिवासी जनजातितर्फ ओमबहादुर घर्ती मगर, तारामान गुरुङ, दिलमान पाख्रिन, प्रशान्तमानसिंह मास्के र बहादुरसिंह लामा तामाङ उम्मेदवार छन्। दलिततर्फ नरेन्द्र पासवान, प्रकाश रसाइली ‘स्नेही’, मानबहादुर नेपाली र लक्ष्मी परियार मैदानमा छन्।
मधेशीतर्फ अजयकुमार चौरसिया, अभिषेकप्रताप शाह, किरण यादव, नगिना यादव, मनिषकुमार मिश्र, महेन्द्र यादव, मुक्ता कुमारी यादव र रामपल्टन शाह उम्मेदवार छन्। खसआर्यतर्फ जगदिश्वर नरसिंह केसी, मनोजमणि आचार्य र शुभराम बस्नेत तथा थारूतर्फ तेजुलाल चौधरी, योगेन्द्र चौधरी र सुरेन्द्रप्रसाद चौधरीबीच प्रतिस्पर्धा हुँदैछ।
मुस्लिमतर्फ अतहर कमाल मुसलमान, अब्दुल सत्तार र डा. मो. फिरदौश आलम उम्मेदवार छन्। पिछडिएको क्षेत्रतर्फ जीवनबहादुर शाही, कर्णबहादुर बुढा, जनकराज गिरी, रामबहादुर बिष्ट, नारायणप्रसाद भट्टराई, मिनबहादुर भाम र राजन कुँवर प्रतिस्पर्धामा छन्।
अल्पसंख्यक वा अपाङ्गता समूहबाट आङगेलु शेर्पा, नगेन्द्रकुमार कुमाल, बाबुकृष्ण सापकोटा र योगेश गौचन थकाली उम्मेदवार छन्।
निर्वाचन समितिले प्रथम नामावलीमाथि दाबी–विरोध तथा आपत्तिको प्रक्रिया पूरा गरेपछि अन्तिम नामावली सार्वजनिक गर्ने जनाएको छ।
प्रतिक्रिया दिनुहोस