नेपाली कांग्रेसका नेता रञ्जित कर्णले १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्।
नेपालसेज/ काठमाडौँ
नेपाली कांग्रेसका नेता रञ्जित कर्णले पार्टीको १५औँ महाधिवेशनमा समावेशी समूहबाट उपसभापति पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। कर्णले मंगलबार काठमाडौंस्थित राष्ट्रिय सभागृहमा रहेको मनोनयन दर्तास्थल पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत मंगलबारदेखि नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। कर्णले सोही प्रक्रियाअन्तर्गत समावेशी समूहबाट उपसभापति पदमा उम्मेदवारी दिएका हुन्।
महाधिवेशनबाट नेपाली कांग्रेसले सभापतिसहित नयाँ केन्द्रीय नेतृत्व चयन गर्दैछ। विभिन्न पदमा नेताहरूले उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेसँगै उपसभापति पदमा पनि उम्मेदवारहरू थपिँदै गएका छन्।कांग्रेसको नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी दर्तापछि निर्वाचनसम्बन्धी अन्य प्रक्रिया अघि बढ्नेछ। कर्णको उम्मेदवारी समावेशी समूहअन्तर्गत उपसभापति पदका लागि परेको हो।
नेपालसेज | प्रकाशित: २० असोज २०८३
प्रतिक्रिया दिनुहोस