२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

स्वर्णिमसँगको भेटपछि रिसोर्टबाट निस्किए रवि लामिछाने

रास्वपा सभापति रवि लामिछाने स्वर्णिम वाग्लेसँग भेटवार्तापछि काभ्रेको दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन्। भेटलाई राजनीतिक रूपमा अर्थपूर्ण मानिएको छ।

आइतवार , श्रावण ३, २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने काभ्रेपलाञ्चोकस्थित दुसित थानी रिसोर्टबाट काठमाडौं फर्किएका छन्।लामिछाने शनिबार पत्नी निकितासहित रिसोर्ट पुगेका थिए। त्यहाँ उनले उपसभापति तथा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेटवार्ता गरेका थिए। दुवै नेता वाग्लेकै लगानी रहेको निजी भिल्लामा बसेका थिए।

सम्पादकीय सारांश

Verified

 

सुरक्षा स्रोतका अनुसार लामिछाने केहीबेरअघि रिसोर्टबाट काठमाडौंका लागि प्रस्थान गरेका हुन्। अर्थमन्त्री वाग्ले भने केही समयपछि फर्किने बताइएको छ। शनिबार दिउँसो करिब ३ बजे वाग्ले रिसोर्ट पुगेका थिए भने लामिछाने करिब ३:२० बजे पत्नी निकितासहित त्यहाँ पुगेका थिए। उनीहरूबीच केही घण्टा छलफल भएको थियो।

पछिल्लो समय सरकार र पार्टीबीचको समन्वय तथा राजनीतिक रणनीतिका विषयमा विभिन्न अड्कलबाजी भइरहेका बेला रास्वपाका दुई शीर्ष नेताबीच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ। यद्यपि, छलफलको एजेन्डाबारे दुवै पक्षले कुनै औपचारिक जानकारी दिएका छैनन्।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images