कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित प्रतियोगितामा शिवालय गाउँपालिका दोस्रो र सहिद सम्झना युवा क्लब तेस्रो भएका छन्।
नेपालसेज / जाजरकोट ।
जाजरकोटको भेरी नगरपालिका–९, पोख्रामा आयोजित वडास्तरीय भलिबल प्रतियोगिताको उपाधि भेरी नगरपालिका–८ को न्यू भिजन युनाइटेड युथ क्लबले जितेको छ। कोजाग्रत पूर्णिमाको अवसरमा नमुना युवा विकास केन्द्रद्वारा आयोजित प्रतियोगिता २०८३ साल कात्तिक ९ गतेदेखि १२ गतेसम्म सञ्चालन भएको थियो। प्रतियोगितामा विभिन्न टोलीबीच प्रतिस्पर्धा भएको थियो। उत्कृष्ट प्रदर्शन गर्दै न्यू डिभिजन युवा क्लबले उपाधि आफ्नो पक्षमा पारेको हो। प्रतियोगिताले स्थानीयस्तरमा खेलकुदको विकास र युवाको सहभागिता बढाउन सहयोग पुर्याएको आयोजकले जनाएको छ।
भेरी नगरपालिका–८ को न्यू डिभिजन युवा क्लब प्रतियोगिताको विजेता।
शिवालय गाउँपालिका दोस्रो र सहिद सम्झना युवा क्लब तेस्रो।
विजेतालाई ८१ हजार १११ रुपैयाँ पुरस्कार।
मदन केसी उत्कृष्ट खेलाडी घोषित।
शिशिर बुढामगर अनुशासित खेलाडी छनोट।
प्रतियोगितामा शिवालय गाउँपालिका दोस्रो भएको छ भने छेडागाड नगरपालिका–१२ को सहिद सम्झना युवा क्लब तेस्रो भएको छ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगिताको विजेता न्यू डिभिजन युवा क्लबले ८१ हजार १११ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। दोस्रो भएको शिवालय गाउँपालिकाले ५१ हजार १११ रुपैयाँ र तेस्रो भएको सहिद सम्झना युवा क्लबले ३१ हजार १११ रुपैयाँ प्राप्त गरेका छन्।
व्यक्तिगत विधातर्फ न्यू भिजन युनाइटेड युथ क्लबका मदन केसी उत्कृष्ट खेलाडी घोषित भएका छन्। त्यस्तै, शिवालय गाउँपालिका–१ का कप्तान शिशिर बुढामगर अनुशासित खेलाडी छनोट भएका छन्। उत्कृष्ट खेलाडी र अनुशासित खेलाडीको छनोटले प्रतियोगितामा खेलाडीको प्रदर्शन र अनुशासनलाई प्रोत्साहन गरेको छ।
प्रतियोगिताको उद्घाटन तथा समापन समारोहमा प्रतिनिधिसभा सदस्य पार्वता विक शान्ता प्रमुख अतिथिका रूपमा उपस्थित थिइन्। कोजाग्रत पूर्णिमाको अवसरमा आयोजित प्रतियोगिताले स्थानीय युवालाई खेलकुदमा सहभागी गराउन र विभिन्न क्षेत्रका खेलाडीबीच आपसी सम्बन्ध विस्तार गर्न सहयोग पुर्याएको छ।
प्रतिक्रिया दिनुहोस