२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

चिरिबाबुको अग्रता कायमै

कांग्रेस खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जन सबैभन्दा अगाडि

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले ४ हजार १४९ मतसहित अग्रता कायम राखेका छन्।

बिहिवार , आश्विन २९, २०८३

नेपालसेज/ काठमाडौँ।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खुला केन्द्रीय सदस्यको मतगणनामा चिरिबाबु महर्जनले अग्रता कायम राखेका छन्। पछिल्लो मतपरिणामअनुसार ५ हजार ४०० मतगणना हुँदा महर्जनले ४ हजार १४९ मत प्राप्त गरेका छन्।
खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्। मतगणनाको पछिल्लो विवरणअनुसार निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो र इन्द्रबहादुर बानियाँ ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्।

सम्पादकीय सारांश

Verified

कांग्रेसको खुला केन्द्रीय सदस्यतर्फ ५ हजार ४०० मतगणना हुँदा चिरिबाबु महर्जनले ४ हजार १४९ मत पाएका छन्।

निश्कल राई ३ हजार ८४० मतसहित दोस्रो स्थानमा छन्।

इन्द्रबहादुर बानियाँले ३ हजार ६४१ मतसहित तेस्रो स्थानमा छन्।

खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुनेछन्।

मतगणनामा विभिन्न उम्मेदवारबीच प्रतिस्पर्धा जारी छ।


प्रा.डा. गोविन्दराज पोखरेलले ३ हजार ४७८, जितनारायण श्रेष्ठले ३ हजार ३७१, ई. मोहन आचार्यले ३ हजार २९०, प्रवल थापाले ३ हजार २२६, गणेश लामाले ३ हजार ३४ र राजीव कोइरालाले ३ हजार २२ मत प्राप्त गरेका छन्। त्यस्तै, हिमाल दत्त श्रेष्ठले २ हजार ८४७, विद्वान गुरुङले २ हजार ६९१, डा. शोभाकर पराजुलीले २ हजार ६४०, ई. अमृत ज्ञावलीले २ हजार ५९१, अर्जुनप्रसाद जोशीले २ हजार ५८०, सन्दीप रानाले २ हजार ५१५, ई. नवराज त्रिपाठीले २ हजार ४७४, नरेन्द्रकुमार केरुङले २ हजार ४३७ र भरतकुमार शाहले २ हजार ४३१ मत पाएका छन्।


महेश खरेलले २ हजार ३४३, मिन कृष्ण महर्जनले २ हजार ३३४, बलदेव तिमिल्सिनाले २ हजार ३१२, जन्मजय तिमिल्सिनाले २ हजार ३०३, ई. ऋषि कोइरालाले २ हजार २२६, युवराज पाण्डेयले २ हजार २२१, कुमार लुइँटेलले २ हजार १९९ र ई. दीपक बाबु कँडेलले २ हजार १६८ मत प्राप्त गरेका छन्। किरण केसीले २ हजार १३२, उज्ज्वलप्रसाद बरालले २ हजार १२२, दीपक भट्टराईले २ हजार ७३, महेन्द्रकुमार शर्माले २ हजार १२, मदनकृष्ण श्रेष्ठले १ हजार ९९४ तथा डा. मुकेशराज काफ्ले र डा. सुरजराज काफ्लेले समान १ हजार ९७९ मत पाएका छन्।


प्रमोदहरि गुरागाईंले १ हजार ९५१, लेखनाथ पोखरेलले १ हजार ८९४, डा. कृष्णप्रसाद पौडेल र तिलकबहादुर रानाभाटले समान १ हजार ८९०, किरण किशोर घिमिरेले १ हजार ८७७, रवि सिंहले १ हजार ८६९ र डा. मुक्तिराम श्रेष्ठले १ हजार ८३४ मत प्राप्त गरेका छन्। प्रकाश सिंह कार्कीले १ हजार ८२६, प्रदीपकुमार सुनुवारले १ हजार ८२३, कृष्ण रिजाल र सुधान्सु कोइरालाले समान १ हजार ७५०, निलकण्ठ रिजालले १ हजार ७३७, कबिर राणाले १ हजार ६९२, श्यामकुमार घिमिरेले १ हजार ६६७ र सन्तोष सुब्बाले १ हजार ६६६ मत पाएका छन्।


चित्रबहादुर केसीले १ हजार ६५१, भीमप्रसाद ढुंगानाले १ हजार ६२०, टेकराज पौडेलले १ हजार ५९४, किशोर दत्त बरालले १ हजार ५८५, उत्तम जोशीले १ हजार ५७० र केशव थापाले १ हजार ५३९ मत प्राप्त गरेका छन्। मधुराप्रसाद घिमिरेले १ हजार ४८४, अनिल कृष्ण प्रसाईंले १ हजार ४७९, भीम सिंह गुरुङले १ हजार ४७४, खडकबहादुर बुढाले १ हजार ३९६, छत्रबहादुर गिरीले १ हजार ३६४ र पुष्पबहादुर शाहले १ हजार ३४९ मत पाएका छन्।


कविता तिवारी (गैह्रे)ले १ हजार ३४०, जगतप्रसाद जोशीले १ हजार ३३२, रमेश रायमाझी र राजेन्द्र खत्री केसीले समान १ हजार ३१२, चिरञ्जिवी थापाले १ हजार ३१० र अष्टकुमार कवेले १ हजार २८६ मत प्राप्त गरेका छन्। खेलराज पाण्डेयले १ हजार २०७, इच्छुराम रानाले १ हजार १७५, तुलसीनारायण श्रेष्ठले १ हजार १६१, हरिप्रसाद आचार्यले १ हजार १५३, गोविन्दबहादुर शाह र धर्मराज गौतमले समान १ हजार ११५, दोर्णकुमार कुँवरले १ हजार ११२ तथा गोरख (आनन्द) बिष्टले १ हजार १०८ मत पाएका छन्।


केशवबहादुर चन्दले १ हजार ९०, सचित शर्माले १ हजार ६६, सकलदेव सत्तिहारले १ हजार ५१, राधाकृष्ण भण्डारी र विष्णुकुमार कार्कीले समान १ हजार ३० मत प्राप्त गरेका छन्। दिलिपकुमार ढुंगानाले ९७२, दिलमान सिंह चन्दले ८९३, वीरमणि ढकालले ८५२, सुरेश सुवेदीले ७९५, पुष्पराज भट्टले ७७७, खेमराज ओलीले ७५७ र मुरारीप्रसाद आचार्यले ७३३ मत पाएका छन्। ऋषिप्रसाद शर्मा र प्रवीणकुमार सिंहले समान ६८१ तथा प्रभातमणि ओझाले ५८७ मत प्राप्त गरेका छन्।


खुला केन्द्रीय सदस्यतर्फ ४५ जना निर्वाचित हुने भएकाले अन्तिम मतपरिणामले निर्वाचित हुने उम्मेदवारहरूको टुङ्गो लगाउनेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images