२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

भीमफेदीमा गाडी दुर्घटना हुँदा उच्च अदालतका रजिस्ट्रारकी श्रीमतीको मृत्यु

भीमफेदी–६ जुरीखेतमा गाडी सडकबाट करिब ५० मिटर तल खस्दा घाइते भएकी लक्ष्मी बडूको काठमाडौंमा उपचारका क्रममा मृत्यु भएको हो।

मंगलवार , भाद्र २, २०८३

NepalSays/ मकवानपुर ।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा मंगलबार बिहान भएको गाडी दुर्घटनामा घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएकी ४९ वर्षीया लक्ष्मी बडूको काठमाडौंस्थित छाउनी अस्पतालमा उपचारका क्रममा बिहान करिब साढे १० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी माधव काफ्लेले जानकारी दिए। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। दुर्घटनापछि उनलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। मृतक लक्ष्मी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जका रजिस्ट्रार तारादत्त बडूकी श्रीमती हुन्। दुर्घटनामा न्यायाधीशसहित अन्य यात्रु पनि घाइते भएका छन्।

सम्पादकीय सारांश

Verified

 

प्रदेश ३-०१-००२ झ ५१८३ नम्बरको सरकारी गाडी काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गर्दा बिहान करिब ८ बजे दुर्घटनामा परेको थियो। गाडी भीमफेदी गाउँपालिका–६ जुरीखेतमा सडकबाट करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।गाडीमा वीरगन्ज इजलासका न्यायाधीश गोकर्ण डाँगीसहित ६ जना सवार थिए। दुर्घटनामा न्यायाधीश डाँगी, रजिस्ट्रार तारादत्त बडू, उनकी श्रीमती लक्ष्मी, छोरा रितेन्द्र, छोरी रिता र चालक छुनिलाल चौधरी सवार रहेको बताइएको छ।

दुर्घटनापछि गम्भीर घाइते न्यायाधीश डाँगी, लक्ष्मी तथा उनका छोरा र छोरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। लक्ष्मीको छाउनी अस्पतालमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको हो।दुर्घटनामा घाइते रजिस्ट्रार तारादत्त बडू र चालक छुनिलाल चौधरीको भने हेटौंडास्थित अस्पतालमा उपचार भइरहेको छ। न्यायाधीश डाँगी तथा अन्य घाइतेको पनि उपचार जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images