२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

कांग्रेस बन्दसत्र सुरु

कांग्रेसको बन्दसत्र सुरु, सभापति थापाले राजनीतिक प्रतिवेदन वाचन गर्दै

कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा बन्दसत्र सुरु भएको छ।

सोमवार , आश्विन १९, २०८३

नेपालसेज/काठमाडौं
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा बन्दसत्र सुरु भएको छ।

सम्पादकीय सारांश

Verified

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत काठमाडौंको खुलामञ्चमा बन्दसत्र सुरु भएको छ।

सभापति गगन थापाले बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन वाचन गर्न सुरु गरेका छन्।

केन्द्रीय समिति बैठकले यसअघि थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो।

प्रतिवेदनमा आगामी चार वर्षको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा समेटिएको छ।

युवापुस्तासँगको दूरी र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको विषयमा आत्मसमीक्षा गर्दै पार्टी सुधारको संकल्प गरिएको छ।

बन्दसत्रमा पार्टी सभापति गगन थापाले राजनीतिक प्रतिवेदन वाचन गर्न सुरु गरेका छन्। यसअघि बसेको केन्द्रीय समिति बैठकले थापाको राजनीतिक प्रतिवेदन सर्वसम्मत पारित गरेको थियो।

प्रतिवेदनमा आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको छ। विगतको आत्मसमीक्षा, सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टी पुनर्संरचना, निजी क्षेत्रसँगको सहकार्य र युवा सहभागिताका विषय प्रतिवेदनमा समेटिएका छन्।

त्यस्तै, ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणालाई पनि प्रतिवेदनमा समेटिएको छ। युवापुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको विषयमा कांग्रेसले आत्मसमीक्षा गरेको छ।

प्रतिवेदनमा दोस्रो विशेष महाधिवेशनमार्फत जनतासँग क्षमायाचना गर्ने र पार्टी सुधारको संकल्पसमेत गरिएको छ।

Nepali Congress Banda Satra_GaganThapa_NPL (2).JPG
undefined
Nepali Congress Banda Satra_GaganThapa_NPL (10).JPG
undefined
Nepali Congress Banda Satra_GaganThapa_NPL (17).JPG
undefined

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images