नेपालSays/काठमाडौं — नेपाली कांग्रेसका सभापति गगन थापाले निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभको कामनासहित स्वदेशमा स्वागत गरेका छन्।
सम्पादकीय सारांश
Verified
बिहीबारदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा थापाले देउवालाई स्वागत गर्दै स्वास्थ्यलाभको कामना गरेका हुन्।
‘निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई स्वास्थ्यलाभ कामनासहित स्वदेशमा स्वागत गर्दछु,’ थापाले बैठकमा भनेका थिए।
देउवा करिब पाँच महिनापछि बिहीबार स्वदेश फर्किएका हुन्। उनी गत फागुनमा उपचारका लागि सिंगापुर गएका थिए। सिंगापुरका अस्पतालमा उपचार गराएपछि थप उपचारका लागि उनी हङकङसमेत पुगेका थिए।
यसबीच, भदौ २४ गते देउवा निवासमा आगजनी हुनुका साथै देउवा दम्पतीमाथि कुटपिटसमेत भएको थियो।
स्वदेश फर्किएपछि देउवाले कांग्रेसभित्र पछिल्लो समय देखिएका असहमति तत्काल समाधान गर्नुपर्ने भन्दै पार्टीका नेता–कार्यकर्तालाई अपिल गरेका छन्।
प्रतिक्रिया दिनुहोस