२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

एटीएमबाट नयाँ नोट

दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट पाइने

नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ।

बुधवार , आश्विन २१, २०८३

नेपालसेज/ काठमाडौँ
नेपाल राष्ट्र बैंकले दसैँलगायत चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएम मेसिनबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन दिएको छ। राष्ट्र बैंकको निर्देशनसँगै केही बैंक तथा वित्तीय संस्थाले नयाँ प्रविधियुक्त एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्।

सम्पादकीय सारांश

Verified

दसैँमा एटीएमबाटै १०० रुपैयाँका नयाँ नोट उपलब्ध हुने भएका छन्।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई यस्तो व्यवस्था मिलाउन निर्देशन दिएको छ।

केही बैंकले नयाँ प्रविधियुक्त एटीएमबाट १०० रुपैयाँका नोट वितरण गर्न थालेका छन्।

राष्ट्र बैंकले सुकिला र सफा नोट सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरेको छ।

दसैँमा करेन्सी इन सर्कुलेसन ८ देखि १० प्रतिशतसम्म बढ्ने अनुमान गरिएको छ।

नेपाल राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थालाई ध्यानमा राख्दै नयाँ नोटका विषयमा अनावश्यक प्रचारप्रसार नगरी चाडपर्वका लागि सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्था मिलाइएको जानकारी दिएका छन्।

उनका अनुसार पैसा सटही गर्नु नियमित काम भएकाले यसलाई विशेष प्रचारसहित सूचना जारी गर्न आवश्यक नरहेको राष्ट्र बैंकको बुझाइ छ। चाडपर्वको समयमा नयाँ नोट वितरणलाई उत्सवकै रूपमा प्रचार गर्नु उपयुक्त नदेखिएकाले सुकिला र सफा नोट उपलब्ध गराउने व्यवस्थालाई प्राथमिकता दिइएको हो।

प्रवक्ता पौडेलका अनुसार असोज १ गतेदेखि राष्ट्र बैंकको थापाथलीस्थित कार्यालय, राष्ट्र बैंकका प्रादेशिक कार्यालय तथा वाणिज्य बैंकबाट सुकिला र सफा नोट उपलब्ध गराउने काम भइरहेको छ।

राष्ट्र बैंकले पछिल्ला ४/५ वर्षदेखि चाडपर्व लक्षित नयाँ नोट बजारमा ल्याउने परिपाटीलाई क्रमशः न्यूनीकरण गर्ने प्रयास गर्दै आएको जनाएको छ। प्रवक्ता पौडेलका अनुसार भदौ ३१ गतेसम्म मुलुकमा रु ७ खर्ब ९४ अर्ब करेन्सी इन सर्कुलेसन रहेको छ।

दसैँको समयमा करेन्सी इन सर्कुलेसन करिब ८ देखि १० प्रतिशतसम्म वृद्धि हुने अनुमान गरिएको राष्ट्र बैंकले जनाएको छ। यसपटक नयाँ नोटको सट्टा सुकिला तथा सफा नोटको उपलब्धतालाई प्राथमिकता दिइएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images