नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने भएको छ।
नेपालसेज/ काठमाडौँ
नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने भएको छ। नेपाली कांग्रेसको नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक डा. सुरेशराज आचार्यले बन्दसत्र ४ बजे सुरु हुने जानकारी दिएका छन्।
नेपाली कांग्रेसको बन्दसत्र अपराह्न ४ बजे सुरु हुने भएको छ।
बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चार प्रतिवेदन पारित गर्नेछ।
प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढ्नेछ।
असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने निर्वाचन कार्यतालिका छ।
१९ जना निर्वाचित पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ।
बन्दसत्रले सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षका चारवटा प्रतिवेदन पारित गर्नेछ। प्रतिवेदन पारित भएपछि नयाँ नेतृत्व चयनका लागि मतदान प्रक्रिया अघि बढ्नेछ।
निर्वाचन कार्यतालिकाअनुसार असोज २२ गते बिहान ७ बजेदेखि मतदान सुरु गर्ने तयारी गरिएको छ। हाल भने विभिन्न पदका उम्मेदवारविरुद्ध दाबी विरोधको प्रक्रिया चलिरहेको छ।
१५औँ महाधिवेशनबाट सभापति एक, वरिष्ठ उपसभापति एकसहित चार उपसभापति, महामन्त्री तीन, सहमहामन्त्री १५ र कोषाध्यक्ष एक गरी २४ जना पदाधिकारी चयन हुँदैछन्। त्यसमध्ये चार सहमहामन्त्री र एक कोषाध्यक्ष सभापतिबाट मनोनीत हुने व्यवस्था रहेकाले निर्वाचनबाट १९ जना पदाधिकारी चयन हुनेछन्।
निर्वाचन समितिले सार्वजनिक गरेको सूचीअनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ। सभापति पदमा गगन थापा, पूर्वसहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गी गरी तीन जनाको उम्मेदवारी परेको छ।
वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्माको एकल उम्मेदवारी परेको छ। महिला उपसभापति पदमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ। शर्मा र भुसाल दुवै हाल उपसभापतिको जिम्मेवारीमा छन्।
प्रतिक्रिया दिनुहोस