२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

कांग्रेसमा शपथको तयारी

कांग्रेसका २३० पदाधिकारी र सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी

सभापति गगन थापाले शपथ लिइसके पनि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा विदेशमा रहेकाले कार्यक्रमको मिति निश्चित हुन बाँकी छ।

आइतवार , कार्तिक ८, २०८३

नेपालसेज/ काठमाडौं।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउने र प्रमाणपत्र वितरण गर्ने कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ। निर्वाचन समितिले उक्त मितिमा कार्यक्रम आयोजना गर्ने गरी तयारी अघि बढाएको भए पनि अन्तिम निर्णय भने भइसकेको छैन।

सम्पादकीय सारांश

Verified

कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित २३० जनाले अझै शपथ लिएका छैनन्।

पदाधिकारी तथा सदस्यलाई कात्तिक १२ गते शपथ गराउने तयारी छ।

सभापति गगन थापाले असोज ३१ गते नै शपथ लिइसकेका छन्।

महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो।

वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा विदेशबाट फर्किएपछि कार्यक्रमको मिति निश्चित हुने बताइएको छ।

कांग्रेस सभापति गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। तर, सभापति थापाबाहेक निर्वाचित तथा निर्विरोध भएका अन्य पदाधिकारी र केन्द्रीय सदस्यहरूले भने अहिलेसम्म शपथ लिएका छैनन्। उनीहरूले निर्वाचित भएको प्रमाणपत्रसमेत पाउन बाँकी छ।

गत असोज १८ देखि २३ गतेसम्म सम्पन्न महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको थियो। सभापति थापाबाहेक उक्त समितिमा निर्वाचित तथा निर्विरोध भएका २३० जनाले शपथ लिन र प्रमाणपत्र प्राप्त गर्न बाँकी रहेको छ।

कांग्रेसको निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले सभापतिबाहेकका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने गरी तयारी भइरहेको जानकारी दिए। उनका अनुसार कार्यक्रमको मिति भने निश्चित भइसकेको छैन।

कटुवालले वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले कार्यक्रमको मिति तय गर्न बाँकी रहेको बताए। शर्मा आइतबार फर्किएपछि शपथ ग्रहण तथा प्रमाणपत्र वितरण कार्यक्रमको मिति निश्चित हुने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images