२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

राठौरले फिर्ता लिए उम्मेदवारी

कांग्रेस सभापतिबाट किशोरसिंह राठौरले फिर्ता लिए उम्मेदवारी

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापतिका उम्मेदवार किशोरसिंह राठौरले गगन थापालाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएका छन्।

बुधवार , आश्विन २१, २०८३

नेपालसेज/ काठमाडौँ
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह राठौरले उम्मेदवारी फिर्ता लिएका छन्। उनले सभापतिका उम्मेदवार गगनकुमार थापालाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन्। 

सम्पादकीय सारांश

Verified

किशोरसिंह राठौरले कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता लिएका छन्।

राठौरले सभापतिका अर्का उम्मेदवार गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन्।

राठौरले मंगलबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका थिए। 

यसअघि सभापतिमा गगन थापा, श्यामकृष्ण खड्गी र राठौरको उम्मेदवारी परेको थियो। 

राठौरको उम्मेदवारी फिर्तापछि सभापति पदको प्रतिस्पर्धामा दुई उम्मेदवार बाँकी रहेका छन्।

राठौरले मंगलबार राष्ट्रिय सभागृहस्थित निर्वाचन समितिको कार्यालयमा सभापति पदमा उम्मेदवारी दर्ता गरेका थिए। त्यतिबेला कांग्रेस सभापतिका लागि गगन थापा, श्यामकृष्ण खड्गी र राठौर गरी तीन जनाको उम्मेदवारी परेको थियो।

उम्मेदवारी फिर्ता लिएसँगै राठौरले गगन थापालाई समर्थन गर्ने घोषणा गरेका छन्। यससँगै कांग्रेसको १५ औँ महाधिवेशनमा सभापति पदको निर्वाचन समीकरण परिवर्तन भएको छ। 

राठौरको उम्मेदवारी फिर्तापछि सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुने भएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images