२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

प्रहरी खरिद प्रक्रियामाथि प्रश्न उठाउँदै सुनारले भने– ‘निश्चित बिचौलियाले हेडक्वार्टर कब्जा गरेका छन्’

रास्वपा सांसद खगेन्द्र सुनारले प्रहरीको स्रोत–साधन खरिद र करोडौंका टेन्डरबारे प्रश्न उठाउँदै आफू अघिल्लो अभिव्यक्तिमा अझै दृढ रहेको बताएका छन्।

बिहिवार , भाद्र ४, २०८३

NepalSays/ काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले प्रहरी हेडक्वार्टरमा निश्चित बिचौलियाको प्रभाव रहेको आरोप लगाएका छन्। प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सुनारले प्रहरीको स्रोत–साधन खरिद प्रक्रिया र पछिल्लो समय आह्वान भएका करोडौं रुपैयाँका टेन्डरबारे प्रश्न उठाएका हुन्। यसअघि पनि प्रहरी अधिकारीहरूसँग सवाल–जवाफका क्रममा उनले खरिद प्रक्रियासम्बन्धी विषय उठाएका थिए। आजको बैठकमा उनले सोही विषयलाई पुनः जोड दिँदै आफूले उठाएका प्रश्नको जवाफ र आवश्यक विवरण अझै प्राप्त भए–नभएकोबारे जानकारी मागे।

सम्पादकीय सारांश

Verified

खगेन्द्र सुनारले प्रहरी हेडक्वार्टरमा बिचौलियाको प्रभाव रहेको आरोप लगाए।

प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी विवरण १५ दिनभित्र मागिएको जानकारी आए–नआएको प्रश्न गरे।

करोडौं रुपैयाँका टेन्डर आह्वान भइरहेको भन्दै उनले खरिद प्रक्रियामाथि प्रश्न उठाए।

अघिल्लो बैठकमा आफूले उठाएका प्रश्नमा अझै दृढ रहेको सुनारले बताए।

सुनारको अघिल्लो अभिव्यक्तिको शैलीप्रति आलोचना भएपछि सभामुखले समेत चासो जनाएका थिए।

सुनारले यसअघि समितिले प्रहरीको स्रोत–साधन खरिदसम्बन्धी विवरण १५ दिनभित्र पेश गर्न भनेको स्मरण गराउँदै उक्त विवरण आएको वा नआएकोबारे प्रश्न गरे। उनले सो अवधिबीच प्रहरीले करोडौं रुपैयाँका टेन्डर आह्वान गरेको भन्दै खरिद प्रक्रियामा पारदर्शिताको आवश्यकता औंल्याए।

उनले बैठकमा भने, ‘हामीले १५ दिनभित्र प्रहरीको स्रोत साधन खरिदको विषयमा जानकारी पेश गर्न भनेका थियौं। त्यो आयो कि आएन ? फेरि यो बीचमा प्रहरीले करोडौंको टेन्डर आह्वान गरेको छ। निश्चित बिचौलियाले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्।’

सांसद सुनारले आफूले अघिल्लो बैठकमा उठाएका प्रश्नमा अझै पनि दृढ रहेको बताए। कसैलाई आफ्नो अभिव्यक्तिबाट मानमर्दन भएको महसुस भए अदालत जाने बाटो खुला रहेको उल्लेख गर्दै उनले कानुनी प्रक्रियामार्फत जवाफ दिन आफू तयार रहेको चुनौती दिए।

उनले प्रहरी महानिरीक्षकलाई इंगित गर्दै सार्वजनिक लेखा समितिमा आएर ‘जुहारी’ खेल्ने शैली उपयुक्त नभएको टिप्पणी गरे। सार्वभौम संसदीय समितिमा मर्यादा कायम गर्नुपर्ने र सरकारको मानमर्दन हुने गरी प्रस्तुत हुन नहुने उनको भनाइ थियो।

यसअघि समितिको बैठकमा सुनारको अभिव्यक्ति र प्रस्तुती शैलीलाई लिएर सार्वजनिक रूपमा आलोचना भएको थियो। त्यसपछि सभामुखले समेत विषयमा चासो लिएर समितिका सभापति, सचिव र प्रहरी महानिरीक्षकसँग छलफल गरेका थिए। रास्वपाले पनि आफ्ना सांसदहरूलाई संसदीय समितिमा प्रस्तुतीका क्रममा मर्यादा कायम गर्न निर्देशन दिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images