२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

गगनको राजनीतिक प्रतिवेदन

गगन थापाले कांग्रेस महाधिवेशनमा ४६ पृष्ठको राजनीतिक प्रतिवेदन पेश गरे

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्।

सोमवार , आश्विन १९, २०८३

नेपालसेज/काठमाडौँ
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा आफ्नो ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन्। थापाले बन्दसत्रलाई सम्बोधन गर्दै प्रतिवेदनका मुख्य विषयवस्तुबारे धारणा राखिरहेका छन्।

सम्पादकीय सारांश

Verified

सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनको बन्दसत्रमा ४६ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन्।

थापाले प्रतिवेदनमार्फत आगामी चार वर्षको नेतृत्व र पार्टीको कार्यदिशाबारे प्रस्ताव अघि सारेका छन्।

नयाँ नेतृत्वको राजनीतिक, वैचारिक र संगठनात्मक जिम्मेवारी महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षे नेतृत्वको जिम्मेवारीसँग जोड्ने आधार प्रस्तुत गरिएको छ।

‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई कांग्रेसको विगत, वर्तमान सुधार र भविष्यको आकांक्षासँग जोडिएको संकल्पका रूपमा व्याख्या गरिएको छ।

थापाले प्रस्तुत गरेको प्रतिवेदनमा आगामी चार वर्षको नेतृत्व र पार्टीको कार्यदिशालाई मुख्य विषय बनाइएको छ। नयाँ नेतृत्वले निर्वाह गर्नुपर्ने राजनीतिक, वैचारिक तथा संगठनात्मक जिम्मेवारी पनि यही महाधिवेशनले स्पष्ट गर्नुपर्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा आगामी दशकको राष्ट्रिय आकांक्षालाई चार वर्षका लागि निर्वाचित हुने नेतृत्वको जिम्मेवारीसँग जोड्ने मार्गदर्शक आधार प्रस्तुत गरिएको छ। कांग्रेसको आगामी राजनीतिक यात्रा, संगठनात्मक सुधार र राज्य सञ्चालनसम्बन्धी दृष्टिकोणलाई समेत प्रतिवेदनमा समेटिएको बताइएको छ।

थापाले ‘राष्ट्रिय पुनर्जागरण र समुन्नति’लाई कांग्रेसको विगतको निरन्तरता, वर्तमानको सुधार र भविष्यको आकांक्षासँग जोड्ने संकल्पका रूपमा व्याख्या गरेका छन्।

प्रतिवेदनमा राष्ट्रिय पुनर्जागरणले पार्टी, राज्य र नागरिकबीच कमजोर भएको विश्वास पुनर्निर्माण तथा लोकतान्त्रिक सामर्थ्यलाई थप सुदृढ बनाउने विषयलाई समेट्ने उल्लेख गरिएको छ।


प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images