२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

रसुवामा बाढीपहिरो प्रभावितका लागि निःशुल्क स्वास्थ्य शिविर

बाढीपहिरो प्रभावित नागरिकलाई स्वास्थ्य परीक्षण, दन्त उपचार, परामर्श र औषधि निःशुल्क

आइतवार , आश्विन १८, २०८३

नेपालसेज/रसुवा
 बाढी तथा पहिरोबाट प्रभावित नागरिकलाई स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले रसुवाको उत्तरगया गाउँपालिकामा निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरिएको छ। रसुवा सामुदायिक विकास र CETOP Australia को आयोजनामा तथा उत्तरगया गाउँपालिकाको समन्वयमा शनिबारदेखि शिविर सुरु भएको हो।

सम्पादकीय सारांश

Verified

बाढीपहिरो प्रभावितका लागि निःशुल्क स्वास्थ्य तथा दन्त शिविर सुरु।

असोज १७–१८ गते दन्त उपचारसहित स्वास्थ्य परीक्षण र औषधि वितरण।

असोज १९–२० गते जिबजिबे र २१–२२ गते धुन्चेमा शिविर सञ्चालन हुने।

दाँत भर्ने, फुकाल्ने, स्वास्थ्य परीक्षण र चिकित्सकीय परामर्श निःशुल्क।

दीर्घरोगीलाई आवश्यक नियमित औषधिसमेत निःशुल्क उपलब्ध गराइने।

शिविरमा बाढी प्रभावित क्षेत्रका नागरिकसहित स्थानीय बासिन्दालाई दन्त उपचार, स्वास्थ्य परीक्षण, परामर्श तथा आवश्यक औषधि वितरण सेवा उपलब्ध गराइएको छ।

असोज १७ र १८ गते सञ्चालन हुने दन्त शिविरमा दाँत तथा मुख स्वास्थ्य परीक्षण, दाँत भर्ने, फुकाल्ने तथा आवश्यक परामर्श सेवा प्रदान गरिँदैछ। अनुभवी चिकित्सकबाट स्वास्थ्य परीक्षण तथा परामर्शका साथै नियमित औषधि सेवन गरिरहेका बिरामीलाई आवश्यक औषधिसमेत निःशुल्क उपलब्ध गराइनेछ।

छ दिनसम्म सञ्चालन हुने शिविरअन्तर्गत असोज १९ र २० गते जिबजिबे तथा असोज २१ र २२ गते धुन्चेमा स्वास्थ्य तथा दन्त शिविर सञ्चालन गरिने आयोजकले जनाएको छ।

उत्तरगया गाउँपालिका–५, लहरेपौवास्थित श्री शिवालय आधारभूत विद्यालयबाट सुरु भएको शिविरलाई प्रभावित क्षेत्रका नागरिकसम्म स्वास्थ्य सेवा पुर्‍याउने गरी विभिन्न स्थानमा विस्तार गर्न लागिएको हो। शिविरबाट बाढी तथा पहिरो प्रभावितलगायत स्थानीय नागरिक लाभान्वित हुने अपेक्षा गरिएको छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images