२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

समावेशी उपसभापतिमा सीता गुरुङको उम्मेदवारी

कांग्रेस महाधिवेशनः महिला उपसभापतिमा सीता गुरुङको उम्मेदवारी

नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले १५औँ महाधिवेशनमा समावेशी समूहअन्तर्गत उपसभापति (महिला) पदमा उम्मेदवारी दर्ता गराएकी छन्।

मंगलवार , आश्विन २०, २०८३

नेपालसेज/ काठमाडौँ
नेपाली कांग्रेसकी नेतृ सीता गुरुङले पार्टीको १५औँ महाधिवेशनमा उपसभापति (महिला) पदका लागि उम्मेदवारी दर्ता गराएकी छन्। उनले मंगलबार राजधानीको राष्ट्रिय सभागृहस्थित मनोनयन दर्तास्थल पुगेर समावेशी समूहबाट उम्मेदवारी दर्ता गराएकी हुन्।कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मंगलबारदेखि उम्मेदवारी दर्ता प्रक्रिया सुरु भएको छ। गुरुङले सोही निर्वाचन प्रक्रियाअन्तर्गत उपसभापति पदमा आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन्।

सम्पादकीय सारांश

Verified

 

गुरुङ नेपाली कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय नेतृ हुन्। उनले यसपटक पार्टीको पदाधिकारीतर्फ उपसभापति पदमा दाबी प्रस्तुत गरेकी छन्।उनको उम्मेदवारी समावेशी समूहअन्तर्गत महिला उपसभापति पदका लागि परेको हो। १५औँ महाधिवेशनबाट कांग्रेसले नयाँ नेतृत्व चयन गर्दैछ।उम्मेदवारी दर्तासँगै कांग्रेस महाधिवेशनमा विभिन्न पदका लागि नेताहरूले आफ्नो दाबी प्रस्तुत गर्ने क्रम जारी छ।

नेपालसेज | प्रकाशित: २० असोज २०८३

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images