जाजरकोट । जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। शनिबार दिउँसो भेरी करिडोर सडकअन्तर्गत नलगाड नगरपालिका–८ मालुस्थित सडक खण्डमा अटो दुर्घटना भएको हो। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ राडीबजारबाट जाजरकोटको नलगाड नगरपालिका–१२ तल्लुबगरतर्फ जाँदै गरेको लु.प्र. ०१–००१ ह ०५२९ नम्बरको अटो दुर्घटनामा परेको प्रहरीले जनाएको छ।
जाजरकोटमा अटो दुर्घटना हुँदा दुई जनाको मृत्यु।
दुर्घटनामा तीन जना गम्भीर घाइते।
नलगाड नगरपालिका–८ मालुमा दुर्घटना।
मृतकमा १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विक।
अटो अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको भनाइ।
दुर्घटनामा नलगाड नगरपालिका–९ का १७ वर्षीय सन्तोष विक र ५५ वर्षीय रमेश विकको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख बुद्धिसागर पुरीले जानकारी दिए। गम्भीर घाइते भएका उनीहरूलाई नगर अस्पताल दल्ली पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
दुर्घटनामा नलगाड नगरपालिका–२ डाँडागाउँका ३५ वर्षीय प्रेम परियार, नलगाड नगरपालिका–३ कड्केका २८ वर्षीय गोपाल परियार र अटो चालक रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ चौर निवासी २२ वर्षीय करण परियार घाइते भएका छन्।
अस्पतालका अनुसार घाइते तीनै जनाको अवस्था गम्भीर छ। प्रहरीका अनुसार अटो अनियन्त्रित भएपछि दुर्घटना भएको हो।
प्रतिक्रिया दिनुहोस