२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

दिल्ली प्रदर्शन

युट्युबर ध्रुव राठी प्रहरीको नियन्त्रणमा, ‘कक्रोच जनता पार्टी’को प्रदर्शनको आह्वान

प्रदर्शनमा सहभागी हुन भेला भएका अन्य प्रदर्शनकारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

शनिवार , आश्विन २४, २०८३

‘कक्रोच जनता पार्टी’ले प्रदर्शनको आह्वान गरेकै बेला चर्चित युट्युबर ध्रुव राठीलाई शनिबार बिहान प्रहरीले नियन्त्रणमा लिएको छ। बीबीसी हिन्दीका अनुसार, राठीका एक निकटस्थ व्यक्ति र गुरुग्राम प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हाे। राठीका निकटस्थका अनुसार उनलाई गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको हो।

सम्पादकीय सारांश

Verified

चर्चित युट्युबर ध्रुव राठी शनिबार बिहान गुरुग्रामबाट प्रहरी नियन्त्रणमा।

‘कक्रोच जनता पार्टी’ले प्रदर्शनको आह्वान गरेको छ।

राठीलाई गुरुग्रामको सेक्टर–५६ बाट नियन्त्रणमा लिइएको निकटस्थको भनाइ।

दिल्लीमा ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गरिएको र रेल तथा बस सेवा रद्द गरिएको राठीको दाबी।

प्रदर्शनमा सहभागी हुन भेला भएका अन्य प्रदर्शनकारीलाई पनि दिल्ली प्रहरीले नियन्त्रणमा लिएको छ।

यसअघि शुक्रबार राति राठीले सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गरेका थिए। उक्त भिडियोमा उनी इन्डिया गेटअगाडि हिँडिरहेको देखिएका थिए। भिडियोमा राठीले भनेका थिए, “म दिल्ली आएको छु। प्रधानमन्त्रीले ५० भन्दा बढी मेट्रो स्टेसन बन्द गर्नुभएको र धेरै रेल तथा बस सेवा रद्द गरिएको मैले देखेँ। प्रदर्शनका कारण दिल्लीलाई लकडाउनमा राख्न खोजिएको छ।”

उनले थप भनेका थिए, “मोदीजीले के गरिरहनुभएको छ भन्ने कुरा मैले बुझ्न सकेको छैन। एकातिर तपाईंको आईटी सेलले प्रदर्शनमा मानिसहरू सहभागी हुँदैनन् भनिरहेको छ। यदि मानिसहरू आउँदैनन् भने यति धेरै तयारी किन गरिँदैछ? मलाई लाग्छ, तपाईं डराउनुभएको छ। वास्तवमा, जनता जागिसकेका छन्।”

यसैबीच, प्रदर्शनमा सहभागी हुन दिल्लीमा भेला भइरहेका अन्य प्रदर्शनकारीलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।

कक्रोच जनता पार्टीले शनिबार मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको माग गर्दै प्रदर्शनको आह्वान गरेको छ। पार्टीले सबै विपक्षी दलहरूलाई यसमा सहभागी हुन निमन्त्रणा दिएको थियो।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images