२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण

रसुवाको स्याफ्रुबेसीमा ७६ मिटर लामो बेलिब्रिज निर्माण सुरु

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज जडानका लागि फाउन्डेसन र अस्थायी सडक ट्र्याक निर्माणको काम अघि बढाइएको छ।

शुक्रवार , आश्विन २३, २०८३

नेपालसेज/ रसुवा।
रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु भएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार पुल जडानका लागि फाउन्डेसन निर्माण र नदीका दुवैतर्फ अस्थायी सडक ट्र्याक खोल्ने काम अघि बढाइएको छ।

सम्पादकीय सारांश

Verified

रसुवाको स्याफ्रुबेसीमा बेलिब्रिज निर्माणको काम सुरु भएको छ।

पुलको कुल लम्बाइ ७६ मिटर हुनेछ।

पुल जडानका लागि फाउन्डेसन निर्माण र अस्थायी सडक ट्र्याक खोल्ने काम भइरहेको छ।

फाउन्डेसनका लागि जग खन्न दुईवटा स्काभेटर परिचालन गरिएको छ।

बेलिब्रिज निर्माण सम्पन्न भएपछि रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने अपेक्षा गरिएको छ।


कुल ७६ मिटर लम्बाइको बेलिब्रिज निर्माण गर्न आवश्यक एक्सेस रोड बनाउने काम भइरहेको मन्त्रालयले जनाएको छ। पुल जडानका लागि १४ मिटरको फाउन्डेसन निर्माण गर्न जग खन्ने कामसमेत सुरु गरिएको छ।


फाउन्डेसन निर्माणका लागि दुईवटा स्काभेटर परिचालन गरिएको छ। नदीका दुवैतर्फ उपकरण परिचालन गरी निर्माण कार्यलाई अघि बढाइएको मन्त्रालयले जनाएको छ। वेत्रावतीमा बेलिब्रिज जडानको काम अन्तिम चरणमा पुगेपछि स्याफ्रुबेसीमा पनि निर्माण कार्यलाई तीव्रता दिइएको हो।


स्याफ्रुबेसीमा बेलिब्रिज निर्माण सम्पन्न भएसँगै रसुवागढीसम्मको सडक सञ्जाल पुनःस्थापित हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images