२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

कमल वाणी

स्वर्णिम वाग्लेको अभिव्यक्तिमाथि कमल थापाको प्रश्न– के सरकारको धारणा यही हो?

‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने तर्कप्रति थापाको आपत्ति

शनिवार , कार्तिक ७, २०८३

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री कमल थापाले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसले नेपाली राष्ट्रियताको अवमूल्यन गरेको आरोप लगाएका छन्। उनले वाग्लेको अभिव्यक्ति सरकारकै आधिकारिक धारणा हो कि होइन भन्दै प्रश्नसमेत गरेका छन्।

सम्पादकीय सारांश

Verified

स्वर्णिम वाग्लेको अभिव्यक्तिलाई कमल थापाले भने ‘राष्ट्रियता अवमूल्यन’।

‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्ने तर्कप्रति थापाको आपत्ति।

सीमा अतिक्रमण र नाकाबन्दीविरुद्ध बोल्नु भारतविरोध नभएको थापाको भनाइ।

वाग्लेको अभिव्यक्ति र ‘मुनरो डक्ट्रिन’बीच सम्बन्ध रहेको हो भन्दै प्रश्न।

‘के सरकारको धारणा यही हो?’ भन्दै थापाद्वारा सरकारसँग जवाफ माग।

थापाले सामाजिक सञ्जालमार्फत नेपाल–भारत सम्बन्धका सन्दर्भमा वाग्लेले दिल्लीमा दिएको अभिव्यक्ति आपत्तिजनक मात्र नभई नेपाली राष्ट्रियतामाथिको ठाडो अवमूल्यन भएको टिप्पणी गरेका हुन्।

‘नेपालको राष्ट्रवाद कहिल्यै पनि कुनै मुलुकविशेषको विरोधमा टिकेको छैन,’ थापाले लेखेका छन्, ‘विदेशी मञ्चमा पुगेर ‘भारतविरोधी राष्ट्रवादको युग सकियो’ भन्दै राष्ट्रिय सरोकारका मुद्दालाई कमजोर बनाउने उहाँको तर्क पूर्णतया गैरजिम्मेवार छ।’

सानो समूहका केही अपवादमूलक धारणालाई आधार बनाएर सिंगो मुलुकको राष्ट्रिय भावनालाई संकुचित रूपमा हेर्नु पूर्वाग्रह भएको थापाको टिप्पणी छ। नेपालको राष्ट्रियता देशको सार्वभौमिकता र नेपाली जनताको हितको रक्षामा केन्द्रित रहेको उनले उल्लेख गरेका छन्।

भारतसँग समानता र सम्मानजनक सम्बन्ध चाहनु स्वाभाविक भए पनि सीमा अतिक्रमण, डुबान र नाकाबन्दीजस्ता विषयमा विरोध गर्नु भारतविरोध नभई राष्ट्रप्रतिको निष्ठा भएको थापाको भनाइ छ।

‘के राष्ट्रहितमा उठ्ने यी आवाजहरू अब असान्दर्भिक भइसकेका हुन्?’ भन्दै उनले वाग्लेको अभिव्यक्तिमाथि प्रश्न उठाएका छन्। साथै, वाग्लेले विगतमा अघि सारेको भनिएको ‘मुनरो डक्ट्रिन’सँग उक्त अभिव्यक्तिको सम्बन्ध छ कि छैन भन्ने प्रश्न पनि उनले गरेका छन्।

जिम्मेवार पदमा रहेका व्यक्तिले आफ्नो अभिव्यक्तिबारे जवाफ दिनुपर्ने बताउँदै थापाले अन्त्यमा प्रश्न गरेका छन्, ‘के सरकारको धारणा यही हो?’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images