२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

सुजन पहिलो चरणमै बाहिरिए

एसियाली खेलकुदमा सुजन गुरुङ पहिलो चरणमै पराजित

जापानमा जारी एसियाली खेलकुदको पुरुष ९० केजीमुनि सुजन घरेलु खेलाडी रिकु ओकाडासँग इप्पोनका आधारमा पराजित भए।

शुक्रवार , आश्विन १६, २०८३

NepalSays/ जापान
नेपाली जुडो खेलाडी सुजन गुरुङ जापानमा जारी एसियाली खेलकुदमा पहिलो चरणमै पराजित भएका छन्। शुक्रबार आइची अन्तर्राष्ट्रिय एरिनामा भएको पुरुष ९० केजीमुनिको तौल समूहको खेलमा सुजन घरेलु खेलाडी रिकु ओकाडासँग इप्पोनका आधारमा पराजित भएका हुन्।

सम्पादकीय सारांश

Verified

नेपाली जुडो खेलाडी सुजन गुरुङ पहिलो चरणमै पराजित भएका छन्।

पुरुष ९० केजीमुनि सुजन जापानका रिकु ओकाडासँग पराजित भए।

ओकाडाले इप्पोनका आधारमा सुजनलाई पराजित गरेका हुन्।

जुडोको व्यक्तिगत स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ।

अब नेपालले मिक्स्ड टिमतर्फ प्रतिस्पर्धा गर्नेछ।

सुजनको पराजयसँगै जुडोको व्यक्तिगत स्पर्धामा नेपालको चुनौती समाप्त भएको छ।

यसअघि महिला ७० केजीमुनि पूनम श्रेष्ठ भारतीय खेलाडी इनुन्गाबी टाखेललाम्बामसँग तथा महिला ४८ केजीमुनि निशा श्रेष्ठ हङकङकी वोङ कालीसँग इप्पोनका आधारमा पराजित भएका थिए।

महिला ५२ केजीमुनि देवकीमाया श्रेष्ठ भियतनामकी लाम थि ग्गान हासँग युकोको आधारमा पराजित भएकी थिइन्।

यस्तै, पुरुष ६६ केजीमुनि विशेष विक हङकङका वोङ काकीसँग वाजा–अरीको आधारमा तथा विकास विक उज्वेकिस्तानका खुचकरोभ समारिदिनसँग इप्पोनका आधारमा पराजित भएका थिए।

अब नेपालले जुडोको मिक्स्ड टिम स्पर्धामा चुनौती प्रस्तुत गर्नेछ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images