२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

पृथ्वी राजमार्ग ६ घण्टा बन्द

पृथ्वी राजमार्ग आज राति ११ बजेदेखि ६ घण्टा बन्द हुने

धादिङको गलौँदीमा त्रिशूली नदीको कटानले भासिएको सडक मर्मत गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म यातायात बन्द गरिने भएको छ।

सोमवार , आश्विन २६, २०८३

नेपालसेज/ धादिङ।
पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मतसम्भार गर्न आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द हुने भएको छ। त्रिशूली नदीको कटानका कारण सडक भासिएकाले मर्मतसम्भारका लागि सवारी आवागमन बन्द गर्न लागिएको हो। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा सडक मर्मत गरिने जानकारी दिएकी छन्। मर्मतका क्रममा उक्त सडकखण्डमा सवारीसाधन सञ्चालन गर्न पाइने छैन।

सम्पादकीय सारांश

Verified

पृथ्वी राजमार्ग आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म बन्द हुने भएको छ।

धादिङको गजुरी गाउँपालिका–५, गलौँदी क्षेत्रमा सडक मर्मत गरिनेछ।

त्रिशूली नदीको कटानका कारण उक्त क्षेत्रमा सडक भासिएको थियो।

असोज २३ गते सडक भासिएपछि राजमार्ग अवरुद्ध भएको थियो।

दसैँ मनाउन असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट २ लाख ७ हजार २५१ यात्रु बाहिरिएका छन्।


गत असोज २३ गते शुक्रबार सडक भासिएपछि पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो। असोज २४ गते दिनभरको प्रयासपछि राजमार्ग सञ्चालनमा ल्याइएको भए पनि थप मर्मतसम्भार आवश्यक परेकाले पुनः बन्द गर्न लागिएको हो।


दसैँको मुखमा राष्ट्रिय राजमार्ग बन्द हुँदा यात्रु तथा यातायात व्यवसायीलाई समस्या परेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष पुण्यप्रसाद (सरोज) सिटौलाले दसैँका लागि हजारौँ यात्रुले अग्रिम टिकट बुकिङ गरिसकेको अवस्थामा राजमार्ग बन्द हुँदा आवागमनमा चुनौती थपिएको बताए।


दसैँ मनाउन असोज १७ गतेदेखि २५ गतेसम्म काठमाडौँको नयाँ बसपार्कबाट २ लाख ७ हजार २५१ यात्रु बाहिरिएका छन्। चाडपर्वका बेला यात्रुको चाप बढिरहेका समयमा राजमार्ग बन्द हुँदा यात्रा व्यवस्थापनमा थप कठिनाइ हुने देखिएको छ।

WhatsApp Image 2026-10-12 at 3.36.36 PM.jpeg
undefined

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images