२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

तीन दिन ठूलो वर्षा नहुने

बुधबारसम्म भारी वर्षाको सम्भावना न्यून, तराईमा वर्षा नहुने मौसमविद्को अनुमान

मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबारदेखि बुधबारसम्म हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि देशभर ठूलो वर्षाको सम्भावना छैन।

सोमवार , आश्विन २६, २०८३

नेपालसेज/ काठमाडौँ।
सोमबारदेखि बुधबारसम्म देशभर ठूलो वर्षाको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले बताएका छन्। यस अवधिमा हिमाली र पहाडी भूभागका केही स्थानमा हल्का वर्षा हुन सक्ने भए पनि लगातार र ठूलो वर्षाको सम्भावना नरहेको जनाइएको छ।
महाशाखाका मौसमविद् डेभिड ढकालका अनुसार सोमबार देशका हिमाली र पहाडी भूभागका करिब १० प्रतिशत क्षेत्रमा मात्र हल्का वर्षा हुने सम्भावना छ। बाँकी ९० प्रतिशत भूभागमा वर्षाको सम्भावना नरहेको उनले बताएका छन्। तराईका कुनै पनि स्थानमा वर्षा हुने सम्भावना नरहेको उनको भनाइ छ।

सम्पादकीय सारांश

Verified

सोमबारदेखि बुधबारसम्म देशभर ठूलो वर्षाको सम्भावना छैन।

हिमाली र पहाडी भूभागका करिब १० प्रतिशत क्षेत्रमा हल्का वर्षा हुन सक्ने छ।

तराईका जिल्लामा वर्षाको सम्भावना नरहेको मौसमविद्ले बताएका छन्।

सोमबार राति देशभर वर्षा नहुने अनुमान गरिएको छ।

पछिल्लो २४ घण्टामा सिन्धुपाल्चोक, प्युठान र रोल्पाका केही स्थानमा मध्यमसम्म वर्षा भएको छ।


सोमबार राति देशभर वर्षाको सम्भावना नरहेको मौसमविद् ढकालले बताएका छन्। उनका अनुसार मंगलबार र बुधबार पनि हिमाली तथा पहाडी भूभागका केही स्थानमा मात्र हल्का वर्षा हुन सक्ने छ। देशका अधिकांश भूभागमा वर्षा नहुने र भारी वर्षाको सम्भावना नरहेको उनले जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा पनि देशभर उल्लेखनीय वर्षा भएको छैन। सिन्धुपाल्चोक तथा आसपासका क्षेत्र, प्युठान र रोल्पाका एक-दुई स्थानमा मध्यमसम्म वर्षा रेकर्ड भएको छ। ती जिल्लाका अन्य स्थानमा भने हल्का वर्षा भएको छ।


कोसी, गण्डकी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भएको देखिएको छ। तराईका कुनै पनि स्थानमा वर्षा रेकर्ड नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भिडिओ-

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images