सरकारले राजनविक्रम थापालाई नेपाल बिमा प्राधिकरणको अध्यक्ष नियुक्त गरेको छ।
अर्थ मन्त्रालयको छनोट समितिको सिफारिसमा मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
नियुक्तिसम्बन्धी निर्णय मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले थापालाई पद तथा गोपनीयताको शपथ गराएका छन्।
बिमा क्षेत्रको श्रेय वृद्धिका लागि निडर र निर्धक्क भएर काम गर्न अर्थमन्त्रीको निर्देशन छ।
प्रतिक्रिया दिनुहोस