२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

मेलम्ची, तालामाराङ र हेलम्बुमा धमाधम ‘मायादेवी’को छायांकन

५० भागको मेगा सिरियल सामाजिक यथार्थको कथासहित निर्माण हुँदै

आइतवार , श्रावण ३, २०८३

मुख्य समाचार

मेलम्ची। सिन्धुपाल्चोकको रमणीय मेलम्ची, तालामाराङ र हेलम्बु क्षेत्र यतिबेला ५० भागको नेपाली मेगा सिरियल ‘मायादेवी’ को छायांकनले व्यस्त बनेका छन्। Silver Wolf Media तथा यादबिका & रियासा फिल्म को संयुक्त प्रस्तुतिमा निर्माण भइरहेको यस सिरियलले नेपाली समाजका यथार्थ घटना, पारिवारिक सम्बन्ध, संघर्ष, त्याग र आशाको कथा प्रस्तुत गर्ने लक्ष्य लिएको निर्माण पक्षले जनाएको छ। ‘सत्य र पीडाको एक रङ’ भन्ने नारासहित निर्माण भइरहेको सिरियलको शुभमुहूर्त २०८३ वैशाख २५ गते काठमाडौंस्थित कोटेश्वर महादेवस्थान मा सम्पन्न भएको थियो। कार्यक्रममा कलाकार, प्राविधिक टोली, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको सहभागिता रहेको थियो।

सम्पादकीय सारांश

Verified

Silver Wolf Media तथा यादबिका & रियासा फिल्मको संयुक्त प्रस्तुति।

५० भागको मेगा सिरियल ‘मायादेवी’ निर्माणको अन्तिम चरणतर्फ।

मेलम्ची, तालामाराङ र हेलम्बुमा धमाधम छायांकन।

‘सत्य र पीडाको एक रङ’ नारासहित सामाजिक यथार्थमा आधारित कथा।

स्थानीय समुदायको सक्रिय सहभागितासहित निर्माण कार्य अघि बढ्दै।

छिट्टै NepalSays र आधिकारिक Mayadevi YouTube Channel मार्फत प्रसारण हुने।

निर्माण पक्षका अनुसार सिरियलको सम्पूर्ण छायांकन मेलम्ची, तालामाराङ र हेलम्बु क्षेत्रमा भइरहेको छ। हिमाली भूगोल, ग्रामीण परिवेश, स्थानीय संस्कृति र जनजीवनलाई वास्तविक रूपमा पर्दामा उतार्न यी स्थानहरू छनोट गरिएको हो।

सिरियलमा उत्तम के.सी., दिया जी.सी., सरिता भण्डारी, मना महर्जन, गोविन्द थापा, रामहरि खड्का, सुशिला थापा, प्रवन भुसाल, देव महर्जन, कर्मा लामा, निर्मल लाम्साल, विजय लामा, सुमिना थापा मगर, सानुमाया, निशा सुशिल, दलिम गुरुङ, गुणाकर अधिकारी तथा अर्जुन घर्तीलगायतका कलाकारहरूको अभिनय रहनेछ।

सिरियलको लेखन तथा निर्देशन उत्तम अधिकारी ले गरेका छन्। छायांकन चकबहादुर बराल, सम्पादन सन्तोष के. श्रेष्ठ, पोस्ट–प्रोडक्सन सुजन गिरी (काली मेसी), सहायक छायांकन सुदर्शन गौतम, संगीत निर्देशन गुणाकर अधिकारी, मेकअप रवि के.सी. तथा प्रमुख सहायक निर्देशक समुज तामाङरहेका छन्।

निर्माण पक्षले स्थानीय समुदायको योगदानलाई पनि विशेष रूपमा प्रशंसा गरेको छ। तालामाराङका स्थानीय निर्माता भरत (रुद्रबहादुर) थापा ले स्थानीय समन्वय तथा निर्माण व्यवस्थापनमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन्। त्यसैगरी उद्धव आर्याल र सविन ले स्थानीय सपोर्ट टिमका रूपमा छायांकन व्यवस्थापन, समन्वय तथा आवश्यक सहयोग प्रदान गरिरहेका छन्। निर्माण टिमका अनुसार स्थानीय समुदायको सहयोगले छायांकन कार्य अझ प्रभावकारी र सहज रूपमा अघि बढिरहेको छ।

निर्माण पक्षका अनुसार ‘मायादेवी’ केवल मनोरञ्जनमा सीमित नभई महिलाको संघर्ष, सामाजिक विभेद, आर्थिक असमानता, सम्बन्धका उतारचढाव र समाजका मौन पीडालाई यथार्थपरक ढंगले प्रस्तुत गर्ने प्रयास हो। आधुनिक सिनेम्याटिक शैलीमा निर्माण भइरहेको यो सिरियल छिट्टै NepalSays र आधिकारिक Mayadevi YouTube Channel मार्फत दर्शकमाझ आउने तयारीमा छ।

IMG_2951.JPG
Talamarang _ Mayadevi
IMG_4009.JPG

IMG_3985.JPGIMG_3971.JPGIMG_3875.JPGIMG_3835.JPGIMG_3591.JPGIMG_3622.JPGIMG_3457.JPGIMG_3029.JPG

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images