२०८३, कार्तिक २५ गते

बुधवार, कार्तिक २५ गते २०८३

लालबकैया पुल तयार हुँदै

११ वर्षअघि ठेक्का लागेको लालबकैया पुलको मुख्य संरचना तयार

सबै ६ स्पानसहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सकियो, एप्रोच रोड र रिभर ट्रेनिङको काम जारी।

शुक्रवार , आश्विन २३, २०८३

नेपालसेज/ रौतहट।
रौतहटको निजगढस्थित लालबकैया नदीमाथि निर्माणाधीन पुल लामो समयको अन्योल र ढिलाइपछि सञ्चालनमा आउने चरणमा पुगेको छ। पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न हुनुका साथै फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको कामसमेत सकिएको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएका छन्।
मन्त्री लम्सालका अनुसार तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यसहित २०७१ सालमा ठेक्का सम्झौता भएको उक्त पुल पटक–पटक म्याद थप्दा पनि पूरा हुन सकेको थिएन।

सम्पादकीय सारांश

Verified

रौतहटको निजगढस्थित लालबकैया नदीमाथिको पुल सञ्चालनमा आउने चरणमा पुगेको छ।

पुलका सबै ६ वटा स्पानको निर्माण सम्पन्न भएको छ।

फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सकिएको छ।

एप्रोच रोड र रिभर ट्रेनिङको काम भने जारी छ।

२०७१ सालमा ठेक्का सम्झौता भएको पुल पटक–पटकको ढिलाइपछि निर्माणको अन्तिम चरणमा पुगेको हो।

निर्माणमा ढिलाइ भएपछि सम्बन्धित निर्माण कम्पनीलाई कालोसूचीमा राखेर बाँकी कामका लागि २०७९ सालमा पुनः ठेक्का आह्वान गरिएको थियो तर नयाँ ठेक्का सम्झौता भएको एक वर्षसम्म पनि निर्माण कार्य अघि बढ्न सकेन। पुरानो ठेक्काअन्तर्गत निर्माण गरिएको सबस्ट्रक्चरको जिम्मेवारी स्पष्ट नहुनु र पर्याप्त बजेट विनियोजन नहुनु निर्माणमा ढिलाइका प्रमुख कारण रहेको मन्त्री लम्सालले बताएका छन्।
समस्या पहिचानपछि डिभिजन कार्यालयमार्फत पुरानो निर्माण कार्यको जिम्मेवारी स्पष्ट पारिएको र आवश्यक बजेटको पूर्ण व्यवस्थापन गरेर निर्माणलाई गति दिइएको उनले बताए।


हाल पुलका मुख्य संरचनासहित फुटपाथ, रेलिङ र एक्सपान्सन जोइन्टको काम सम्पन्न भइसकेको छ। एप्रोच रोड र रिभर ट्रेनिङको काम भने जारी रहेको मन्त्री लम्सालले जानकारी दिएका छन्।


लामो समयदेखि रुग्ण आयोजनाका रूपमा रहेको लालबकैया पुलको निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवागमन सहज हुने र क्षेत्रीय यातायातमा सुधार आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट थप
चर्चित
सम्बन्धित समाचार
images
images